सरकार समृद्ध मुलुक बनाउने दिशामा अगाडि बढेको छ : अध्यक्ष नेपाल
धुलिखेल । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकार समृद्ध मुलुक बनाउने दिशामा अगाडि बढिरहेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) काभ्रेपलाञ्चोकको १०औँ अधिवेशनबाट नवनिर्वाचित कमिटीको पदस्थापन कार्यक्रममा बोल्दै उनले स्वच्छ छवि भएर भ्रष्टाचारमुक्त भएर जनताको सेवामा कसरी काम गर्ने भन्ने विषयमा केन्द्रित भएर अगाडि बढेको बताए ।
नेपालको कम्युनिस्ट पार्टी एकताबद्ध हुन आवश्यक रहेको बताउँदै उनले परिस्थिति अनुकूल र सबैमा त्यही ढङ्गको सोच र विकास हुन आवश्यक रहेको बताए । आज बिहान मात्रै एमाले अध्यक्ष केपी ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) र नेकपा (एकीकृत समाजवादी) बाट आफूबिच भेट भएर आपसी सम्बन्धको बारेमा छलफल भएको र त्यसले उपनिर्वाचनको विषयसमेतमा छलफल गरी कसरी अगाडि बढ्ने भन्ने विषयमा सल्लाह भएको उनले बताए ।
पार्टीका केन्द्रीय उपमहासचिव डा गङ्गालाल तुलाधरले जनताको घर–घरमा पुगेर पार्टीको बारेमा प्रचार गर्न र पार्टी निर्माणको काममा जुट्न निर्देशन दिए । त्यसका लागि जिल्लाका सबै पालिकामा सन्देश सभाको आयोजना गरेर अगाडि बढ्न उनले निर्देशन दिए ।
पार्टीका बागमती प्रदेश कमिटीका अध्यक्ष सावित्रा भुसालले निर्वाचित पदाधिकारी र सदस्यले आफूले प्राप्त गरेको जिम्मेवारीलाई पूर्णरुपमा निर्वाह गर्दै पार्टी कमिटी मजबुद बनाउने अभियानमा लाग्न आग्रह गरिन् ।
पार्टीको १०औँ जिल्ला अधिवेशनबाट बसुन्धरा हुमागाईंको अध्यक्षतामा उपाध्यक्षद्वय रघुवर चौप्रधान र पासाङ डोल्मो लामा, सचिवमा गोकुल गौतम र उपसचिवमा हरिगोपाल प्रधानाङ्ग, कृष्णबहादुर तामाङ र भेषराज शाहलगायत भूगोल, खुला, अल्प सङ्ख्यक, दलित र अपाङ्गतातर्फ गरी ५७ सदस्यीय समिति निर्वाचित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण