सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

वाटर स्पोर्टसले जित्यो ड्रागन बोट रेसमा २ लाख पुरस्कार

मङ्गलबार, १३ चैत २०८०, १२ : ५४
मङ्गलबार, १३ चैत २०८०

पोखरा । पोखराको वेगनासतालमा भएको राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगितामा वाटर स्पोर्टस् नेपालले ५ सय मिटर तर्फको उपाधी जितेको छ । पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल ड्रागन बोट संघ गण्डकी र होटेल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथको सहआयोजनामा २ दिनसम्म चलेको प्रतियोगिताअन्तर्गत नारालाई हराएर वाटर स्पोर्टस्ले उपाधी सहित २ लाख हात पार्‍यो ।

नाराले उपविजेता बन्दै १ लाख ५० हजार पायो । नेपाल आर्मी र वेगनास ताल डुङ्गा व्यवसायी समिति क्रमशः तेस्रो र सान्त्वना हुँदै ७५ हजार र २५ हजार नगद पाए । 

दुई सय मिटर दौडमा भने वाटर स्पोर्टस्लाई हराएर नारा विजेता बन्यो । नाराले १ लाखसहित उपाधि जित्यो भने उपविजेता वाटर स्पोर्टस् एसोसिएसनले ५० हजार, तेस्रो भएको हर्पन मत्स्य समूहले २५ हजार जित्यो । प्रतियोगितामा १४ टिमको सहभागिता थियो ।

चीनबाट सुरु भएको ड्रागन बोट रेस अघिल्लो वर्षदेखि नेपाल छिरेको हो । फेवातालमा गएको असार दोस्रो साता पहिलो पटक ड्रागन बोट रेस भएको थियो ।

 त्यसबेला विमान चार्टर नै गरी १ सय २० सदस्यीय टोली चीनबाट आएको थियो । उति बेलै चीनले ती डुङ्गाहरू पोखरा महानगरपालिकालाई हस्तान्तरण गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप