वाटर स्पोर्टसले जित्यो ड्रागन बोट रेसमा २ लाख पुरस्कार
पोखरा । पोखराको वेगनासतालमा भएको राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगितामा वाटर स्पोर्टस् नेपालले ५ सय मिटर तर्फको उपाधी जितेको छ । पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल ड्रागन बोट संघ गण्डकी र होटेल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथको सहआयोजनामा २ दिनसम्म चलेको प्रतियोगिताअन्तर्गत नारालाई हराएर वाटर स्पोर्टस्ले उपाधी सहित २ लाख हात पार्यो ।
नाराले उपविजेता बन्दै १ लाख ५० हजार पायो । नेपाल आर्मी र वेगनास ताल डुङ्गा व्यवसायी समिति क्रमशः तेस्रो र सान्त्वना हुँदै ७५ हजार र २५ हजार नगद पाए ।
दुई सय मिटर दौडमा भने वाटर स्पोर्टस्लाई हराएर नारा विजेता बन्यो । नाराले १ लाखसहित उपाधि जित्यो भने उपविजेता वाटर स्पोर्टस् एसोसिएसनले ५० हजार, तेस्रो भएको हर्पन मत्स्य समूहले २५ हजार जित्यो । प्रतियोगितामा १४ टिमको सहभागिता थियो ।
चीनबाट सुरु भएको ड्रागन बोट रेस अघिल्लो वर्षदेखि नेपाल छिरेको हो । फेवातालमा गएको असार दोस्रो साता पहिलो पटक ड्रागन बोट रेस भएको थियो ।
त्यसबेला विमान चार्टर नै गरी १ सय २० सदस्यीय टोली चीनबाट आएको थियो । उति बेलै चीनले ती डुङ्गाहरू पोखरा महानगरपालिकालाई हस्तान्तरण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण