शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

दादुरा–रुबेला खोप अभियानमा ८.५२ प्रतिशतले खोप पाउन सकेनन्

मङ्गलबार, १३ चैत २०८०, १४ : ०८
मङ्गलबार, १३ चैत २०८०

काठमाडौँ । सरकारले सञ्चालन गरेको दादुरा–रुबेला खोप अभियानमा ८.५२ प्रतिशतले खोप पाउन सकेका छैनन् । फागुन १३ देखि चैत ७ गतेसम्म देशव्यापीरुपमा सञ्चालन भएको दादुरा–रुबेला खोप अभियानमा ८.५२ प्रतिशतले खोप नलगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सो अभियान मार्फत ९१.४८ प्रतिशतले खोप लगाएका छन् । 

सरकारले सो अभियानमा देशभरका ५८ लाख ९५ हजार ५५३ बालबालिकालाई दादुरा–रुबेला खोप लागाउने लक्ष्य राखेकोमा ५९ लाख ७६ हजार २५९ बालबालिकाले खोप लगाएका हुन् । सो अभियानमा दादुरा–रुबेलाको उच्च जोखिम भएका तराईका २१ जिल्ला र काठमाडौँ उपत्यकाका ३ जिल्लामा ९ महिनादेखि १५ वर्ष मुनिका बालबालिकाले र बाँकी जिल्लामा ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाले खोप लगाएको थियो । 

राष्ट्रिय दादुरा–रुबेला खोप अभियान अन्तर्गत ५९ लाख ७६ हजार २५९ बालबालिकालाई खोप लगाइएकोमा ९ महिनादेखि ५ वर्षसम्मका २२ लाख ६९ हजार ५७९ बालबालिका रहेको मन्त्रालयले जनाएको छ । यस्तै, ३७ लाख ६ हजार ६८० बालबालिका ५ वर्षदेखि १५ वर्ष सम्मका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप