सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

वीरेन्द्रनगरमा एक महिलाको शव फेला

मङ्गलबार, १३ चैत २०८०, १८ : ००
मङ्गलबार, १३ चैत २०८०

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा एक जना महिलाको शव फेला परेको छ । वीरेन्द्रनगर नगरपालिका–१, को  बांगेसिम प्रहरी बिट भन्दा एक किलोमिटरको दुरीमा सुख्खा खोलामा उक्त शव फेला परेको हो । उक्त शवको पहिचान भने हुन नसकेको प्रहरीले जनाएको छ ।

ती महिलाको शव सडिसकेको अवस्थामा फेला परेको बांगेसिमल प्रहरीले जनाएको छ । ‘स्थानीय महिलाहरू घाँस काट्न गएको बेला फेला पारेर हामीलाई खबर गरेका थिए,’ प्रहरी चौकी बांगेसिमलका प्रहरी वरिष्ठ हल्दार अर्जुन पाण्डेले भने, ‘लामो कपाल र कुर्ताबाट महिला हो भन्ने थाह भयो तर, कति वर्ष उमेर समूहको हो वा कसको हो भन्ने पहिचान गर्न सकिने अवस्था छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप