एआईआईबीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) लाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । एआईआईबी सञ्चालक समितिका पदाधिकारीहरुसँग मंगलबार राजधानीमा भएको नेपालको निजी छेत्रका प्रतिनिधिहरूसँगको छलफलका क्रममा अध्यक्ष ढकालले यस्तो आग्रह गरेका हुन् ।
नेपालमा विभिन्न क्षेत्रमा लगानीका सम्भावित अवसरहरूको खोजीमा विशेष छलफल भएकोमा एआईआईबीले यातायात, ऊर्जा र सहरी विकास लगायतका क्षेत्रमा कसरी बढी योगदान दिन सक्छ भन्ने विषयमा पनि छलफल भएको थियो । नेपालको दिगो विकासमा निजी क्षेत्रले कसरी योगदान गर्न सक्छ भन्ने विषयमा पनि छलफल भएको थियो ।
आफ्नो धारणा राख्दै महासंघका अध्यक्ष ढकालले नेपाल विकासको अपार सम्भावना भएको देश भएको बताए । सोही अवसरमा अध्यक्ष ढकालले नेपालको निजी क्षेत्र एआईआईबी जस्ता संस्थाहरूसँग रणनीतिक साझेदारीमार्फत यस सम्भावनाको फाइदा लिन उत्सुक रहेको समेत जानकारी दिए ।
ढकालले नेपाल रणनीतिक रूपमा दुई ठुला अर्थतन्त्र भारत र चीनबिचमा रहेकोले नेपालमा उत्पादित वस्तुलाई विश्वका दुई ठुला बजारमा सहज पहुँच पुर्याउन सक्ने बताए ।
नेपालमा पूर्वाधार, ऊर्जा, पर्यटन र कृषिमा लगानीको सम्भावना रहेको बताउँदै अध्यक्ष ढकालले नेपालले हासिल गरेको बाह्य क्षेत्रको स्थायित्वबारे पनि एआईआईबी अधिकारीहरूलाई जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण