बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

एआईआईबीलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह

मङ्गलबार, १३ चैत २०८०, १८ : १९
मङ्गलबार, १३ चैत २०८०

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) लाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । एआईआईबी सञ्चालक समितिका पदाधिकारीहरुसँग मंगलबार राजधानीमा भएको नेपालको निजी छेत्रका प्रतिनिधिहरूसँगको छलफलका क्रममा अध्यक्ष ढकालले यस्तो आग्रह गरेका हुन् । 

नेपालमा विभिन्न क्षेत्रमा लगानीका सम्भावित अवसरहरूको खोजीमा विशेष छलफल भएकोमा एआईआईबीले यातायात, ऊर्जा र सहरी विकास लगायतका क्षेत्रमा कसरी बढी योगदान दिन सक्छ भन्ने विषयमा पनि छलफल भएको थियो । नेपालको दिगो विकासमा निजी क्षेत्रले कसरी योगदान गर्न सक्छ भन्ने विषयमा पनि छलफल भएको थियो ।

आफ्नो धारणा राख्दै महासंघका अध्यक्ष ढकालले नेपाल विकासको अपार सम्भावना भएको देश भएको बताए । सोही अवसरमा अध्यक्ष ढकालले नेपालको निजी क्षेत्र एआईआईबी जस्ता संस्थाहरूसँग रणनीतिक साझेदारीमार्फत यस सम्भावनाको फाइदा लिन उत्सुक रहेको समेत जानकारी दिए । 

ढकालले नेपाल रणनीतिक रूपमा दुई ठुला अर्थतन्त्र भारत र चीनबिचमा रहेकोले नेपालमा उत्पादित वस्तुलाई विश्वका दुई ठुला बजारमा सहज पहुँच पुर्याउन सक्ने बताए ।

नेपालमा पूर्वाधार, ऊर्जा, पर्यटन र कृषिमा लगानीको सम्भावना रहेको बताउँदै अध्यक्ष ढकालले नेपालले हासिल गरेको बाह्य क्षेत्रको स्थायित्वबारे पनि एआईआईबी अधिकारीहरूलाई जानकारी गराए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप