पुरन र मन्सुबको विजयी सुरुआत
काठमाडौँ । नेपाल एपीएफ क्लबका पुरन राई र लुम्बिनी प्रदेशका मन्सुब बस्नेतले छैटौँ वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा मंगलबार विजयी सुरुआत गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पुरुष ५७ केजी तौलसमूहमा पुरनले मधेश प्रदेशका रबन अलीलाई पराजित गरे । मन्सुबले गण्डकी प्रदेशका चन्द्रबहादुर थापाबाट वाकओभर पाए ।
गणेशमान सिंह फाउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी र नेपाल बक्सिङ संघद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष ५१ केजीका लुम्बिनीका भरत पुनले गण्डकीका रोकी गुरुङ तथा एपीएफका प्रदीप महर्जनले सुदूरपश्चिम प्रदेशका सन्दीप नाथलाई हराए । पुरुष ६३ केजीमा सुदूरपश्चिमका महेन्द्र चन्दले बागमती प्रदेशका सोहन राई तथा कोशी प्रदेशका एक्लिश शाहीले कर्णाली प्रदेशका रिजन गुरुङलाई पाखा लगाए ।
महिला ५७ केजीमा नेपाल आर्मीकी वर्षा श्रेष्ठले बागमतीकी पेमा शेर्पा तथा ६० केजीमा आर्मीकी ललिता महर्जनले लुम्बिनीकी सुजनकुमारी कुमाललाई पन्छाए ।
पुरुष ७१ केजीमा एपीएफका विक्रम चौधरीले कोशीका प्रशान्त दाहालको चुनौती पन्छाए । पुरुष ८० केजीमा नेपाल प्रहरी क्लबका प्रदीप पार्कीले मधेसका सरोजकुमार श्रेष्ठ तथा बागमतीका पासाङ शेर्पाले लुम्बिनीका अमर पल्लीलाई पराजित गरे ।
प्रतियोगिताको पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले एक कार्यक्रमबिच उद्घाटन गरे । सो अवसरमा राखेपका सदस्य–सचिव टंकलाल घिसिङलगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगिताको पुरुषमा ७ र महिलामा ६ गरी १३ स्पर्धामा १ सय ५ खेलाडीको सहभागिता रहेको नेपाल बक्सिङ संघका महासचिव मानबहादुर भण्डारीले जनाएका छन् । उत्कृष्ट पुरुष/महिला खेलाडीलाई जनही ५० हजार नगदबाट पुरस्कृत गरिने छ । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङमा एमाले कांग्रेसको कडा टक्कर, मष्टाको मत गन्दा दमन नौ मतले अगाडि
-
गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्धको रिटमा आज सुनुवाइ
-
कालिकोटमा स्काभेटर दुर्घटना हुँदा सह-चालकको मृत्यु, चालक गम्भीर घाइते
-
घरेलु कामदार : वैधानिक बाटोमा सरकारको अवरोध, अवैधानिक बाटोबाट जाँदा थप जोखिम
-
छत्तीसगढमा सडक दुर्घटना : १० जनाको मृत्यु, २२ जना घाइते
-
पश्चिमी कम्बोडियाको गोदाममा आगलागी हुँदा २० सैनिकको मृत्यु