आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म ‘बाटो’ र वितरक डीसीएनबिचको लफडा के हो ?

निर्माता झाले दिए विकास बोर्ड र निर्माता सङ्घमा उजुरी
मङ्गलबार, १३ चैत २०८०, २१ : ०९
मङ्गलबार, १३ चैत २०८०

काठमाडौँ । निर्माता चन्दन झाले आफ्नो फिल्म ‘बाटो : रोड टु डेथ’लाई वितरक कम्पनी डीसीएनले प्रदर्शनका लागि अवरोध पुर्‍याएको आरोप लगाएका छन् । आफ्नो फिल्म वितरणका लागि डीसीएनले सहज वातावरण पनि नबनाएको र अन्य कम्पनीमार्फत रिलिज गर्न बाटो पनि खुल्ला नगरेको उनको भनाई छ ।

अहिले फिल्म ‘बाटो : रोड टु डेथ’ रिलिजका लागि तयारीमा छ । रिलिजका लागि अहिले केही पैसाको आवश्यक छ’, झाले भने, ‘डीसीएनले रिलिजका लागि केही लगानी गर्नु भन्दा नगर्ने । अर्कोलाई दिन्छु भन्दा पनि नमान्ने गर्नुहुन्छ । त्यो हाम्रा लागि अन्याय भएन र ? ।’ डीसीएनले आफ्नो फिल्म रिलिजको वातावरण बनाउनुपर्ने भनाई निर्माता झाँको हो ।

‘मैले फिल्म रिलिज गरेर एग्रिमेन्ट परिमार्जन गरौँ भनेको छैन । रिलिज अगाडि कि एग्रिमेन्ट परिवर्तन गरौँ, कि तोडौ भनेको हो । त्यो अधिकार त निर्माताको हुन्छ नि’, झाले थपे, ‘४ करोडको फिल्म बनाएको छु । १५, २० लाख वितरकले हाल्न आट गर्दैन भने किन दिने । मेरो केही अधिकार होला ।’ उनले डीसीएनले केही लगानी नगरे फिल्म नदिने समेत बताए ।

Capture

फिल्म वितरक कम्पनी डिजिटल सिनेमा नेपाल (डीसीएन)का प्रमुख अशोक शर्माले निर्माता झाँको कुरो आफूले नबुझेको बताउँछन् । निर्माता झासँग पहिले जे सर्तमा फिल्म वितरण सहमति भएको हो त्यही सर्तमा वितरण गर्न तयार रहेको उनको भनाई छ ।

‘पहिले केही लगानी गर्नु नपर्ने राम्रो वितरण गर्ने सर्तमा फिल्म एग्रिमेन्ट भएको हो’, शर्माले भने,‘अहिले कि एमजी दिनु, किन फर्काउनु नपर्ने गरेर २० लाख लगानी गर्नु भन्छन् ।’ त्यो दुबैका लागि आफू तयार नभएपनि अहिले लफडा निम्तिएको शर्माले सुनाए ।

‘हामी उहाँसँग फिल्म माग्न गएको पनि होइन । नयाँ निर्देशक, कलाकार छन् । राम्रो काम गरेको होला भनेर चलाउँछु भनेको हो’, शर्माले थपे, ‘कसैले पैसा दिन्छन् भने उसलाई दिनु पनि भनेको हो । पहिले पैसा चाहिँदैन भन्ने अहिले चायो भन्न मिल्दैन ।’ ‘बाटो : रोड टु डेथ’लाई आफूले वितरण गर्ने भनेर सबै तिर हल्ला गरिसकेकोले फिल्म छोड्न पनि नचाहेको शर्माको भनाई छ ।

निर्माता झाले डिसिएनले फिल्म नछोडे कानुनी बाटो रोज्ने बताए । तर डीसीएनका शर्मा अदालतको आदेश आएमात्र सोच्न सक्ने अन्यथा फिल्म नछोड्ने बताउँछन् ।

यस विषयमा निर्माता झाले चलचित्र विकास बोर्ड तथा चलचित्र निर्माता सङ्घमा पनि उजुरी दर्ता गराएका छन् । 

‘बाटो : रोड टु डेथ’ साउथ इन्डियन (दक्षिण भारतीय) शैलीमै साउथकै टिमबाट निर्माण भएको नेपाली रोड थ्रिलर फिल्म हो । काठमाडौँ फिल्मस् प्रालीको ब्यानरमा निर्माण भएको फिल्मका लेखक तथा निर्देशक मदन थापा र छायाँकार शरण ऋषि हुन् । निर्देशक थापा तथा छायांकार ऋषि भारतको चेन्नइ फिल्म उद्योगमा चर्चित ब्यक्तित्व हुन् ।

फिल्म नेपाली, अंग्रेजी, तमिल र हिन्दी गरेर छुट्टाछुट्टै ४ भाषामा तयार गरिएको छ ।

फिल्ममा मिथिला शर्मा, रक्षा थापा, सुलक्क्षण भारती, उत्पल झा, विजय ताम्राकार लगायतको मुख्य भूमिका देख्न सकिन्छ ।  फिल्मका निर्माता चन्दन झा हुन् । निर्माता झा काठमाडौँ फिल्मका फाउन्डर समेत हुन् ।

काठमाडौँका विभिन्न स्थानको अलवा उदयपुरको गाइघाटमा छायांकन भएको फिल्मको रिलिज मिति भने फिक्स भएको छैन । फिल्म डब्बी एटमस साउन्डमा तयार भएको छ । डब्बी एटमस साउन्ड सिष्टममा नेपालमा पहिलो पटक फिल्म तयार भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप