भ्रष्टाचार गरेको अभियोगमा भन्सार अधिकृतविरुद्ध मुद्दा दायर
मङ्गलबार, १३ चैत २०८०, २१ : २६
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत ताराप्रसाद सापकोटालगायतका व्यक्तिहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
देव इन्टरनेशन प्रालि उपर राजस्व चुहावट, सरकारी कागजातको नोक्सानी एवं गलत प्रतिवेदन तयार पारी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको हो । आयोगले भन्सार प्रमुख सापकोटा र भन्सार अधिकृत नकुल शर्मा विरुद्ध रु ८४ लाख ५५ हजार छ सय पाँच बराबरको बिगो दाबी गरेको छ ।
यस्तै देव इन्टरनेशन प्रालिका सञ्चालक शेरबहादुर बस्नेत र भन्सार एजेण्टका प्रतिनिधि सरनकुमार खरेलविरुद्ध रु ८४ लाख ५५ हजार छ सय पाँच बराबरको बिगो दाबी गरिएको छ । आयोगले उनीहरुविरुद्ध बिगो बमोजिम कारबाहीको माग गरी मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण