इजरायलले राजनीतिक एक्लोपन अनुभव गरिरहेको हमास नेताको दाबी
तेहरान । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले गाजामा युद्धविरामको प्रस्ताव गरेपछि मङ्गलबार इरान भ्रमणमा रहेका हमासका नेता इस्माइल हानियाले इजरायलले ‘अभूतपूर्व राजनीतिक एक्लोपन’को अनुभूति गरिरहेको बताएका छन् ।
“यो प्रस्ताव ढिला आएपनि इजरायलले अभूतपूर्व राजनीतिक एक्लोपनको अनुभव गरिरहेको यसले सङ्केत गर्दछ । यसले सुरक्षा परिषद्मा समेत राजनीतिक आवरण र संरक्षण गुमाउँदैछ”, हानियाले तेहरानमा आयोजित पत्रकार सम्मेलनमा भने ।
इरान–समर्थित समूह हमासले अक्टोबर ७ मा इजराइलमा गरेको आक्रमणपछि हमास नेता हानियाको यो दोस्रो तेहरान भ्रमण हो । इजराइली आधिकारिक तथ्याङ्कअनुसार उक्त आक्रमणमा अधिकांश सर्वसाधारणसहित करिब एक हजार एक सय ६० व्यक्तिको मृत्यु भएको थियो ।
इरानले अक्टोबर ७ को हमलालाई सफलता भनी प्रशंसा गरेपनि आफ्नो प्रत्यक्ष संलग्नता अस्वीकार गरेको छ ।
राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सोमबार मुस्लिम पवित्र महिना रमजानको अवसरमा स्थायी युद्धविरामको प्रस्ताव गरेको थियो । परिषद्ले हमास र अन्य प्यालेस्टिनी लडाकु समूहहरूले अक्टोबर ७ को आक्रमणमा बन्धकहरूको रिहाइको माग गरेको थियो ।
विद्रोहीहरूले लगभग दुई सय ५० बन्धकलाई कब्जामा लिएका थिए । तीमध्ये लगभग एक सय ३० अझै गाजामा बन्दी रहेका र ३३ को मृत्यु भइसकेको इजरायलले अनुमान गरेको छ ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले सोमबारको प्रस्तावलाई ‘सकारात्मक तर अपर्याप्त कदम’रहेको टिप्पणी गरेका छन् । -(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, काेशीमा हिक्मत कार्कीको निरन्तरता कि राजीनामा !
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
-
स्पेनका स्टार यामालको मन जित्ने इनेस गार्सिया को हुन्?
-
सुदूरपश्चिममा पाँचौँ मुख्यमन्त्री बन्दै खगराज भट्ट
-
ओली र प्रचण्डबिच पाँच प्रदेशमा भागबण्डा
-
निजी क्षेत्रसँग संवाद : प्रधानमन्त्रीले के मागे ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण