सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बाल्टीमोर पुल घटनामा बेपत्ताहरू मृत घोषित

बुधबार, १४ चैत २०८०, १० : ३८
बुधबार, १४ चैत २०८०

वासिङ्टन डीसी । अमेरिकाको बाल्टिमोरमा एउटा कन्टेनर जहाज पुलमा ठोक्किएको घटनामा बेपत्ता भएका ६ जनालाई मृत घोषित गरिएको छ । मंगलबार बाल्टिमोर सहरमा रहेको फ्रान्सिस स्कट पुलमा कन्टेनर शिप ठोक्किँदा पुल भत्किएको थियो । २.६ किमी लामो सो पुल पार गरिरहेका कयौँ सवारी साधन पानीमा खसेका थिए ।

यस घटनामा ८ जना बेपत्ता थिए ।  २ जनाको उद्धार गरिएको भएपनि बाँकी ६ जना बेपत्ता नै थिए । बेपत्तामध्ये २ जना भने ग्वाटेमालाका निर्माण कामदारहरू भएको बताइएको छ । यसमा केही मेक्सिन नागरिक भएको वाशिङ्टनस्थित मेक्सिन दूताबासले बताएको छ ।

तर बेपत्तामध्ये कति जना मेक्सिकन नागरिक हुन् भन्ने पुस्टी भइसकेको छैन । अर्को सूचना जारी नभएसम्मका लागि बाल्टिमोर बन्दरगाहमा जहाजको आवतजावत बन्द गरिएको छ । सिङ्गापुरको झन्डा बोकेको ९४८ फिट अग्लो जहाज फ्रान्सिस स्कट की ब्रिजको पिलरमा ठोक्किएपछि पुल भत्किएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप