बेलायती रक्षा मन्त्रालयमा आज भूपू गोर्खासहितको त्रिपक्षीय वार्ता
बेलायत । लन्डनस्थित बेलायती रक्षा मन्त्रालयमा बुधबार भूतपूर्व गोर्खाहरूको मागका विषयमा त्रिपक्षीय वार्ता हुँदै छ । बेलायत तथा नेपालका सरकार र भूतपूर्व गोर्खा प्रतिनिधिसमेत सहभागी हुने वार्ता दिउँसो दुई बजेदेखि साढे तीन बजेसम्म बेलायती रक्षा मन्त्रालयमा तय भएको छ ।
वार्तामा नेपाल सरकारका तर्फबाट बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, परराष्ट्र मन्त्रालय अन्तर्गत युरोप अमेरिका महाशाखा प्रमुख सहसचिव गणेश ढकाल, सैनिक सहचारी कर्णेल अनुप शाह र उपनियोग प्रमुख रोशन खनाल सहभागी हुनेछन् भने बेलायती पक्षबाट भेट्रान एण्ड पिपुल मिनिष्टर डा. एन्ड्रयू मरिसन सहभागी हुँदैछन्।
गोर्खाका तर्फबाट मेजर जुदबहादुर गुरुङ, गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राई, गेसो उपसभापति धर्म तामाङ, नेसा अध्यक्ष केशबहादुर गुरुङ, बिजिडब्लुएस् अध्यक्ष मेजर रि. टिकेन्द्र दल देवान र अनसनकर्ता ज्ञानराज राईले भाग लिँदैछन्।
बेलायत तथा नेपालका सरकार र भूतपूर्व गोर्खा प्रतिनिधिसमेत सहभागी हुने वार्तामा यस पटक गोर्खाहरूको प्रमुख माग पेन्सनको मुद्दालाई प्राथमिक दिइने भएकाले यो वार्तालाई विशेष महत्वकासाथ हेरिएको छ ।
आजको बैठकको लागि यसअघि बसेको तयारी बैठकले समान पेन्सनकै एजेन्डामा केन्द्रित गर्ने पनि निर्णय गरेको थियो । यसअघिको वार्तामा इमिग्रेसन, वेल्फेयर, एनएचएसलगायतका विषयमा कुरा भएको थियो। तर बेलायती मन्त्रीको समय अभावका कारण पेन्सनसम्बन्धी विषयमा प्रवेश नै हुन नसकेकाले यस पटक सुरुमै पेन्सनको मुद्दा उठान गर्ने निर्णय भएको हो ।
रक्षा मन्त्रालयमा वार्ता चलिरहँदा वार्ताको पक्षलाई मजबुत र सकारात्मक बनाउने उद्देश्यले बाहिर गोर्खाहरूले शान्तिपूर्ण प्रदर्शन गर्ने भएका छन् ।
वार्तामा जानेहरूको आँट र हौसला बढाउन भन्दै सत्याग्रहले वार्ता सुरु हुनु आधा घण्टाअघि दिउँसो साढे एक बजेसम्म रक्षा मन्त्रालयबाहिर भेला हुन सम्पूर्ण गोर्खा एवम् शुभेच्छुक सबै नेपाली र सङ्घसंस्थाका प्रतिनिधिलाई आह्वान गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण