समुद्री तटमा खसालिएको राहत सामग्री लिन खोज्दा गाजामा १८ जनाको मृत्यु
बुधबार, १४ चैत २०८०, १२ : ४२

गाजा । उत्तरी गाजामा राहत सामाग्री बाँड्ने क्रममा १८ जनाको मृत्यु भएको छ । त्यहाँको सरकारी सञ्चार माध्यमले यस्तो बताएको हो । समुद्र किनारमा प्यारासुटबाट खसालिएको राहतको पोकाहरू खोज्ने क्रममा १२ जना डुबेका थिए । अन्य ६ जना चाँहि भागदौडका क्रममा थिचेर मरेको बताइएको छ ।
एउटा विज्ञप्तिमा हवाई माध्यमबाट राहत सामाग्री खसाल्न तत्कालै बन्द गर्नु पर्ने माग उठिरहेको छ । सोमबार उत्तरी सहर बेत लाहियाको तटीय क्षेत्रमा प्यारासुटमार्फत राहत सामाग्री खसाल्ने बित्तिकै स्थानीयहरू दौडिएर त्यहाँ पुगेका थिए ।
सोमबार एक टन बराबरका राहत सामग्री राखिएका १५९ ओटा पोकाहरू प्यारासुटबाट खसालिएको थियो । गाजामा बढ्दो खाद्य सङ्कटलाई हवाई माध्यमबाट यसरी वितरण गरिने राहत सामाग्रीले मेट्न नसक्ने चेतावनी मानव अधिकारीवादी संघसंस्थाहरूले दिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्र प्रहरीको गोताखोरले कालीगण्डकीमा बेपत्ता किशोरको शव निकाल्यो
-
गभर्नर नियुक्ति अझै अनिश्चित, बोलाइएन सिफारिस समितिको बैठक
-
महिला फुटबल खेलाडी साम्बाको सम्मानमा नामकरण भयो ‘साम्बाचोक’
-
प्रदेश सरकारमा दम्भ छ : नेता जम्कट्टेल
-
हुम्ला अपडेट : जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा सारियो, सशस्त्र प्रहरी परिचालन
-
समयानुकूल कानुन नहुँदा काम गर्न समस्या भयो: मुख्यमन्त्री लामा