समुद्री तटमा खसालिएको राहत सामग्री लिन खोज्दा गाजामा १८ जनाको मृत्यु
बुधबार, १४ चैत २०८०, १२ : ४२
गाजा । उत्तरी गाजामा राहत सामाग्री बाँड्ने क्रममा १८ जनाको मृत्यु भएको छ । त्यहाँको सरकारी सञ्चार माध्यमले यस्तो बताएको हो । समुद्र किनारमा प्यारासुटबाट खसालिएको राहतको पोकाहरू खोज्ने क्रममा १२ जना डुबेका थिए । अन्य ६ जना चाँहि भागदौडका क्रममा थिचेर मरेको बताइएको छ ।
एउटा विज्ञप्तिमा हवाई माध्यमबाट राहत सामाग्री खसाल्न तत्कालै बन्द गर्नु पर्ने माग उठिरहेको छ । सोमबार उत्तरी सहर बेत लाहियाको तटीय क्षेत्रमा प्यारासुटमार्फत राहत सामाग्री खसाल्ने बित्तिकै स्थानीयहरू दौडिएर त्यहाँ पुगेका थिए ।
सोमबार एक टन बराबरका राहत सामग्री राखिएका १५९ ओटा पोकाहरू प्यारासुटबाट खसालिएको थियो । गाजामा बढ्दो खाद्य सङ्कटलाई हवाई माध्यमबाट यसरी वितरण गरिने राहत सामाग्रीले मेट्न नसक्ने चेतावनी मानव अधिकारीवादी संघसंस्थाहरूले दिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण