गृहमन्त्री लामिछानेले भने– निर्मला पन्तको बारेमा मिहिन ढङ्गले अध्ययन गरिरहेको छु
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको बारेमा मिहिन ढङ्गले अध्ययन गरिरहेको बताएका छन् । बुधबार राज्यव्यवस्था समितिको बैठकमा जवाफ दिँदै गृहमन्त्री लामिछानेले निर्मला पन्तको घटनाको विषयमा मिहिन ढङ्गले अध्ययन गरिरहेको बताएका हुन् ।
कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षिया किशोरी निर्मला पन्तको बलात्कार पछि हत्या भएको थियो ।
बैठकमा गृहमन्त्री लामिछानेले भने, ‘मेरो पहिलो कार्यकालको निर्णय हो । निर्मला पन्तलाई न्याय दिनुपर्ने छ । त्यसमा लागिरहने छु ।’
यस्तै गृहमन्त्री लामिछानेले जीवन चलाउनेको केश गम्भीर रहेको बताएका छन् । त्यसकारण पनि सुन काण्डको प्रतिवेदन कार्यान्वयनमा ल्याइएको उनले बताए ।
उनले भने,‘सुन काण्डको प्रतिवेदन ४८० पेजको छ, त्यसमा राज्यका धेरै महत्त्वपूर्ण सूचना छन् । त्यसलाई सार्वजनिक गर्दा तस्करले लाभ पाउने अवस्था छ । उपयुक्त समयमा त्यसलाई सार्वजनिक गरिनेछ ।’
गृहमन्त्री लामिछानेले रातिको समयमा प्रहरीको पेट्रोल पम्प खुला गर्दा त्यसले सकारात्मक प्रभाव परेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण