सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले कास्कीको अध्यक्षमा खगराज निकट अधिकारी निर्वाचित

बुधबार, १४ चैत २०८०, २२ : ००
बुधबार, १४ चैत २०८०

कास्की । नेकपा एमाले कास्कीको अध्यक्षमा बैनबहादुर अधिकारी निर्वाचित भएका छन् । प्राप्त अन्तिम मत परिणाम अनुसार खगराज अधिकारीनिकट बैनबहादुरले पृथ्वीसुब्बा गुरुङनिकट माधव बास्तोलालाई २ सय ४ मतान्तरले हराएका हुन् ।

बैनबहादुरले ५ सय ५१ मत पाएका छन् भने माधवले ३ सय ४७ मत पाए । ९ सय ३६ मतदातामध्ये ९ सय १५ मत खसेको थियो । अन्तिम परिणाम केही बेरमा सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ । अन्य पदाधिकारी र सदस्यहरूमा पनि बैनबहादुर अधिकारी कै प्यानलको वर्चस्व छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप