बागलुङका चार हजार चार सय विद्यार्थी एसईईमा सहभागी
गलकोट । बागलुङमा माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सामेल हुने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै गएको पाइएको छ । यद्यपि यो वर्ष चार हजार तीन सय ९९ जना विद्यार्थी सहभागी हुँदैछन् ।
आजदेखि हुने एसईई परीक्षामा बागलुङबाट चार हजार तीन सय ९९ विद्यार्थी सहभागी हुँदैछन् । गत वर्षको तुलनामा यस वर्ष एसइईमा सहभागी हुने विद्यार्थीको सङ्ख्या चार सय ३७ ले घटेको छ ।
तीन वर्षयताको तथ्याङ्कलाई हेर्ने हो भने विद्यार्थीको सङ्ख्या बर्सेनि घटेको पाइएको छ । शिक्षा विकास तथा समन्वय इकाइ बागलुङका अनुसार २०७८ सालमा चार हजार आठ सय ९३ जना एसइई परीक्षामा सहभागी भएका थिए । विसं २०७९ मा चार हजार आठ सय ३६ विद्यार्थी सहभागी भएका थिए । बर्सेनि परीक्षार्थीको सङ्ख्या घट्दै गएको र आगामी वर्ष चार हजारबाट अझै ओरालो लाग्ने अवस्था देखिएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख युक्तप्रसाद सुवेदीलेले बताए ।
घट्दो जनसङ्ख्या, वैदेशिक रोजगारी र परिवार नै विदेश बस्नाले बर्सेनि विद्यार्थीको सङ्ख्या घट्दै गएको बताए । “विद्यार्थीको सङ्ख्या घट्दो पाएका छौँ, आगमी वर्षको दर्ता फाराम विश्लेषण गर्दा विद्यार्थी घट्ने स्पष्ट भएको छ,”, उनले भने ।
बागलुङमा यस वर्ष एसइई परीक्षामा चार हजार तीन सय ९९ विद्यार्थी सहभागी हुँदैछन् भने सोमध्ये तीन जना दृष्टिविहीन, १० जना संस्कृत विद्यालयका र दुई सय २९ प्राविधिक विषय, ३४ खुलातर्फका विद्यार्थी रहेका शिक्षा विकास तथा समन्वय एकाइ बागलुङले जनाएको छ ।
जिल्लामा ३१ वटा परीक्षा केन्द्र कायम गरिएका छन् । परीक्षा सम्पन्न गर्न ३१ जना केन्द्राध्यक्ष चार सय ८९ सहायक केन्द्राध्यक्ष, निरीक्षक एक हजार नौ सय २८, परीक्षा सहायक पाँच सय २३, कार्यालय सहायक आठ सय ६७ जना र चार सय ६५ जना सुरक्षाकर्मी परिचालन हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम–२ मा मतपेटिका सङ्कलनको काम जारी
-
आन्दोलनमा ज्यान गुमाएका नेता डाँगीलाई शहीद घोषणा गर्न माग
-
पूर्ण नतिजाका लागि पर्सिसम्म कुर्नु नपर्ला : प्रमुख निर्वाचन आयुक्त
-
निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई बाख्रा र हाँसको चल्ला वितरण
-
चिया तथा कफी विकास बोर्डले उद्देश्यअनुसार काम गरेन : कृषिमन्त्री साह
-
इलाम र बझाङमा किन भयो कम मतदान ?