प्रतिकित्ता एक हजार ८३ रुपैयाँ पुग्यो सर्वोत्तमको सेयर मूल्य
काठमाडौँ । सर्वोत्तम सिमेन्टको सेयर मूल्य प्रतिकित्ता १ हजार ८३ पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएदेखि निरन्तर सर्किट लाग्न थालेको सेयरको मूल्य कारोबार सुरु भएयता निरन्तर बढिरहेको छ । कम्पनीको सेयरको सुरुवाती कारोबार प्रतिकित्ता ५५६ रुपैयाँमा भएको थियो ।
कम्पनीको सेयर यही चैत ६ गतेदेखि कारोबार सुरु भएको थियो । त्यसयता प्रत्येक कारोबार दिनमा सर्किट लागिरहेको छ । नेप्सेमा कम्पनीको ४ करोड ६५ लाख कित्ता सेयर सूचीकृत छ । सूचीकृत भएयताको ७ कारोबार दिनमा पनि सेयरले सर्किट हानेको हो ।
कम्पनीले यही फागुन २५ गते सेयर बाँडफाँड गरेको थियो । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले सेयर बाँडफाँड गर्दै ५५ हजार ५२१ जनालाई सेयर परेको जानकारी दिएको थियो । सो क्रममा २६ जनाले भने ५१ कित्ताका दरले सेयर पाएका थिए । सर्वोत्तमले बूक विल्डिङ विधिमार्फत प्रतिकित्ता ३६०.९ रुपैयाँमा सेयर बिक्री खुलाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण