नेकोस कर्पोरेट सुपर सिक्सेस क्रिकेट वैशाखमा
काठमाडौँ । नेपाल खेलकुद महासंघ र एसएस इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा ‘नेकोस कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिता’ को सातौँ संस्करण सञ्चालन हुने भएको छ । नेपाल खेलकुद महाहसंघ र एसएस इभेन्ट्सबिच बिहीबार यस सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा नेपाल खेलकुद महासंघको तर्फबाट विप्लव घोष र एसएस इभेन्ट्स म्यानेजमेन्ट कम्पनीको तर्फबाट सुमित रौनियारले हस्ताक्षर गरे । सम्झौता कार्यक्रममा नेपाल खेलकुद महासंघका घोषले कर्पोरेट क्षेत्रमा कार्यरत कर्मचारीहरुको खेलकुद प्रतिको रुचिलाई ध्यानमा राखी प्रतियोगिता आयोजना गरिएको बताए ।
प्रतियोगितामा नेपाल क्रिकेट संघ (क्यान) ले प्राविधिक सहयोग गर्ने जानकारी पनि घोषले दिए । प्रतियोगिताको सातौँ संस्करण आगामी वैशाख २३ देखि २८ गतेसम्म काठमाडौँमा आयोजना हुनेछ । प्रतियोगितामा २४ वटा कर्पोरेट हाउसको सहभागिता रहने बताइएको छ । प्रतियोगिता सेतो बलले खेलाइने छ भने सहभागी खेलाडीहरुले रंगिन जर्सीको प्रयोग गर्नेछन् ।
प्रत्येक खेलमा दुबै टोलीले पाँच–पाँच ओभर ब्याटिङ गर्नेछन् । प्रतियोगिताका सहभागीलाई आयोजकले नै खेल पोशाक उपलब्ध गराउने बताइएको छ । प्रतियोगिताको अनुमानित बजेट ४० लाख रुपैयाँ रहेको पनि आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेता, उपविजेता, म्यान अफ दी सिरिज, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उत्कृष्ट फिल्डरलाई पुरस्कार स्वरुप ट्रफी र विभिन्न उपहार प्रदान गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपुर थिमीमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते
-
सरकारको नियतमा शङ्का छैन, कमजोरी भए निर्णय सच्याउन सकिन्छ : रवि लामिछाने
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण