शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘ब्युटिसियन ट्यालेन्ट नेपाल’ आयोजना हुने

बिहीबार, १५ चैत २०८०, १८ : ०६
बिहीबार, १५ चैत २०८०

काठमाडौँ । ब्युटिसियनहरुको व्यक्तित्व विकाश र प्रतिभा प्रस्तुतिको लागि ६ वर्षदेखि आयोजना हुँदै आएको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’ले यो वर्षपनि निरन्तरता पाउने भएको छ । आयोजक विलक्षण क्रियसन प्रा.लिले यो वर्षका लागि आवेदन समेत खुल्ला गरेको हो ।

विलक्षण क्रियसन प्रा.लिले रोज ब्युटी एकेडेमीसँगको सहकार्यमा आयोजना गर्न लागेको प्रतियोगीताका विजेताले यो पटक काठमाडौँ बैंकक काठमाडौँको दुईतर्फी हवाई टिकट र विभिन्न उपहार प्राप्त गर्नेछन् । त्यसको अलवा विजेताहरूले म्युजिक भिडियो, टेलिफिल्म तथा सर्ट फिल्ममा मेकअप गर्ने अवसर, मोडलिङ गर्ने अवसर पनि प्राप्त गर्नेछन् ।

ब्युटिसियन तथा ब्युटिसियन क्षेत्रमा रोज्दै गरेकाले सहभागिता जनाउन सक्ने प्रतियोगितामा फाइनल प्रतियोगी अडिसन मार्फत छानिनेछन् । छानिएका प्रतियोगीलाई सौन्दर्य तथा विभिन्न जीवन उपयोगी तालिम सहित अन्तिम स्पर्धामा उत्रिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको ग्रान्ड फिनाले आगामी २६ वैशाखमा नाचघरमा आयोजना हुनेछ । प्रतियोगितामा शीर्षसहित विभिन्न आधा दर्जन विधामा विजेता छानिनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप