‘ब्युटिसियन ट्यालेन्ट नेपाल’ आयोजना हुने
काठमाडौँ । ब्युटिसियनहरुको व्यक्तित्व विकाश र प्रतिभा प्रस्तुतिको लागि ६ वर्षदेखि आयोजना हुँदै आएको ‘ब्युटिसियन ट्यालेन्ट नेपाल’ले यो वर्षपनि निरन्तरता पाउने भएको छ । आयोजक विलक्षण क्रियसन प्रा.लिले यो वर्षका लागि आवेदन समेत खुल्ला गरेको हो ।
विलक्षण क्रियसन प्रा.लिले रोज ब्युटी एकेडेमीसँगको सहकार्यमा आयोजना गर्न लागेको प्रतियोगीताका विजेताले यो पटक काठमाडौँ बैंकक काठमाडौँको दुईतर्फी हवाई टिकट र विभिन्न उपहार प्राप्त गर्नेछन् । त्यसको अलवा विजेताहरूले म्युजिक भिडियो, टेलिफिल्म तथा सर्ट फिल्ममा मेकअप गर्ने अवसर, मोडलिङ गर्ने अवसर पनि प्राप्त गर्नेछन् ।
ब्युटिसियन तथा ब्युटिसियन क्षेत्रमा रोज्दै गरेकाले सहभागिता जनाउन सक्ने प्रतियोगितामा फाइनल प्रतियोगी अडिसन मार्फत छानिनेछन् । छानिएका प्रतियोगीलाई सौन्दर्य तथा विभिन्न जीवन उपयोगी तालिम सहित अन्तिम स्पर्धामा उत्रिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको ग्रान्ड फिनाले आगामी २६ वैशाखमा नाचघरमा आयोजना हुनेछ । प्रतियोगितामा शीर्षसहित विभिन्न आधा दर्जन विधामा विजेता छानिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण