उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । विश्वविद्यालयका पूर्व रजिस्ट्रार प्राडा चन्द्रमणी पौडेलको संयोजकत्वमा ३ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो ।
त्रिवि कार्यकारी परिषद्को बिहीबार बसेको बैठकले उक्त प्रकरणमा छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ । समितिबाट प्राप्त प्रतिवेदन उपर छलफल गरी आवश्यक निर्णय लिइने त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले मिति २०८० वैशाखमा लिएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत जनसङ्ख्या तथा स्वास्थ्य विषय (कोड न. ४२२) र शिक्षा शास्त्र सङ्काय तर्फको शिक्षाको आधार विषय (कोड न. ४१२) का उत्तर पुस्तिकाहरू हराएको थियो ।
उक्त सन्दर्भमा विभिन्न सञ्चार माध्यमहरूमा प्रकाशित/प्रसारित समाचार तथा सम्पादकीय र जनमानसमा उत्पन्न चासो र चिन्ताप्रति त्रिभुवन विश्वविद्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ती विषयको चैत २१ गते पुनः परीक्षा हुन लागेको छ ।
उत्तर पुस्तिका हराएको घटना के कसरी भएको हो भन्ने विस्तृत छानबिन गरी ३० दिनभित्र प्रतिवेदन पेस गर्न समितिलाई समय तोकिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेट गालामा शाहरुख खानको डेब्यू
-
मनलाग्दी ऋण लिन सरकारलाई आयोगको ‘लुपहोल’
-
रतुवामाई नगरपालिकाविरुद्ध उच्च अदालत विराटनगरको अन्तरिम आदेश
-
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
-
आईपीएल क्रिकेट : वर्षा बाधक बन्दा हैदराबादको प्लेअफ सम्भावना समाप्त
-
दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणका लागि धमाधम रुख कटान