नेपालमा पहिलो पटक कोदोबारे अन्तर्राष्ट्रिय बहस
काठमाडौँ । नेपालमा कोदोबारे बहस हुने भएको छ । नेपालमा कोदोबारे पहिलोपटक अन्तर्राष्ट्रिय बहस हुन लागेको दाबी गरिएको कार्यक्रमका लागि भारतका प्रख्यात वैज्ञानिक तथा होमियोप्याथिक चिकित्सक डा.खदर वली नेपाल आएका छन् ।
डा. खदर वलीलाई ‘द मिलेट म्यान अफ इन्डिया’को रूपमा समेत चिनिन्छ । राष्ट्रिय कृषक समूह महासङ्घ, नेपालको आयोजनामा हुने कार्यक्रमले कोदोजन्य बालीको महत्त्व र स्वास्थ्य चेतना बढाउने अपेक्षा लिइएको छ ।
डा.वलीको यो भ्रमणले नेपालमा कोदो खेतीका फाइदा, स्वास्थ्यप्रति यसको महत्त्व र प्रवर्द्धनमा ध्यान केन्द्रित गर्ने पनि आयोजकको भनाइ छ । उनको अनुभव र ज्ञानले नेपाली कृषक समुदाय र स्वास्थ्य चेतना बढाउन चाहने सबैलाई अमूल्य ज्ञान प्रदान गर्ने आयोजकको भनाइ छ ।
कोदोजन्य बाली रक्त अल्पता लगायत कुपोषण घटाउन उपयोगी मानिन्छ। जैविक विविधताका दृष्टिले महत्त्वपूर्ण मानिने कोदोलाई राष्ट्रिय महत्त्वको बालीका रूपमा स्थापित गराउन कोदो बाली प्रवर्द्धनका विविध कार्यक्रम गर्ने क्रममा संवाद कार्यक्रम गर्न लागेको आयोजकले जनाएको छ।
एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नालिस्टस्, रैथाने एग्री प्रोडक्टस, नेपाल, नेपाल आयुर्वेद चिकित्सक सङ्घ, द मूल मन्त्र, दिल्लीको सहकार्यमा आयोजनामा हुने अन्तरक्रिया चैत्र १६ गते शुक्रवार अनुपम बेंक्वेट, बत्तिस पुतलीमा दिउँसो १ देखि बजेसम्म छलफल हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण