शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सडक बत्तीको ६ अर्ब बक्यौता तत्काल तिर्न प्राधिकरणको निर्देशन

शुक्रबार, १६ चैत २०८०, ०७ : ३३
शुक्रबार, १६ चैत २०८०

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले स्थानीय तहलाई तत्काल बक्यौता महसुल भुक्तानी गर्न आग्रह गरेको छ । देशभरका विभिन्न स्थानीय तहले सडक बत्ती प्रयोग गरेबापत ६ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको भन्दै प्राधिकरणले एक सूचना जारी गर्दै उक्त रकम तत्काल तिर्न भनेको हो ।  

साथै प्राधिकरणले अनधिकृत तवरले विद्युत् सेवा उपभोग गरेको पाइएमा ऐनको बमोजिम विद्युत् लाइन काट्न चेतावनी समेत दिएको छ । प्राधिकरणको वितरण केन्द्रमा सम्पर्क गरेर मात्र सडक बत्ती जडान गर्न पनि प्राधिकरणले सुसूचित गराएको छ । 

बक्यौता महसुल नतिर्ने र बिना मिटर जडान गरिएका सडक बत्ती नेपाल विद्युत् प्राधिकरणबाट हटाइने भएकाले सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी रीतपूर्वक ग्राहक बनी मिटरमार्फत सडक बत्ती जडान गराउन पनि प्राधिकरणले आग्रह गरेको छ । 

pp

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप