आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

महिला खेलाडीसँगको सम्बन्ध पुष्टि भएपछि बर्खास्तमा परे प्रशिक्षक विली किर्क

शुक्रबार, १६ चैत २०८०, ०९ : ४०
शुक्रबार, १६ चैत २०८०

काठमाडौँ । इङ्लिस महिला सुपर लिग क्लब लेस्टर सिटीले प्रशिक्षक विली किर्कलाई पदबाट बर्खास्त गरेको छ । टोलीकी एक महिला खेलाडीसँग अनुचित सम्बन्ध रहेको पुष्टि भएपछि उनलाई पदबाट बर्खास्त गरिएको समाचारमा जनाइएको छ । 

४५ वर्षीय प्रशिक्षक किर्कलाई केही दिनअघि नै क्लबले निलम्बन गरेको थियो । टोलीकै एक खेलाडीसँग सम्बन्ध रहेको उजुरी परेपछि छानबिनका लागि उनलाई निलम्बन गरिएको थियो । सो आरोप पुष्टि भएकाले अहिले उनलाई पदबाटै बर्खास्त गरिएको क्लबले जनाएको छ ।

स्कटल्यान्डका नागरिक किर्क पछिल्लो तीन खेलमा प्रशिक्षकको भूमिकामा देखा परेका थिएनन् । ‘प्रशिक्षक विली किर्कले क्लबलको आचार संहिता र अनुशासन उल्लङ्घन गरेकाले उनलाई पदबाट बर्खास्त गरिएको हो,’ क्लबद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

प्रशिक्षक विली किर्कलाई बर्खास्त गरिएपछि उक्त जिम्मेवारी टोलीकी सहायक प्रशिक्षक जेनिफर फोस्टरलाई दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप