महिला खेलाडीसँगको सम्बन्ध पुष्टि भएपछि बर्खास्तमा परे प्रशिक्षक विली किर्क
काठमाडौँ । इङ्लिस महिला सुपर लिग क्लब लेस्टर सिटीले प्रशिक्षक विली किर्कलाई पदबाट बर्खास्त गरेको छ । टोलीकी एक महिला खेलाडीसँग अनुचित सम्बन्ध रहेको पुष्टि भएपछि उनलाई पदबाट बर्खास्त गरिएको समाचारमा जनाइएको छ ।
४५ वर्षीय प्रशिक्षक किर्कलाई केही दिनअघि नै क्लबले निलम्बन गरेको थियो । टोलीकै एक खेलाडीसँग सम्बन्ध रहेको उजुरी परेपछि छानबिनका लागि उनलाई निलम्बन गरिएको थियो । सो आरोप पुष्टि भएकाले अहिले उनलाई पदबाटै बर्खास्त गरिएको क्लबले जनाएको छ ।
स्कटल्यान्डका नागरिक किर्क पछिल्लो तीन खेलमा प्रशिक्षकको भूमिकामा देखा परेका थिएनन् । ‘प्रशिक्षक विली किर्कले क्लबलको आचार संहिता र अनुशासन उल्लङ्घन गरेकाले उनलाई पदबाट बर्खास्त गरिएको हो,’ क्लबद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
प्रशिक्षक विली किर्कलाई बर्खास्त गरिएपछि उक्त जिम्मेवारी टोलीकी सहायक प्रशिक्षक जेनिफर फोस्टरलाई दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
-
सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गयो : कुलमान घिसिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण