एसईई परीक्षामा चिट चोराउने शिक्षक र नक्कली गार्ड पक्राउ
शुक्रबार, १६ चैत २०८०, १० : ३१
बारा । जिल्ला प्रहरी कार्यालय बाराले एसईई परीक्षामा विद्यार्थीलाई चिट चोराउने एक शिक्षक र नक्कली गार्डलाई पक्राउ गरेको छ ।
बाराको देवताल गाउँपालिका वडा नम्बर ६ बर्वा घर भई कलैया उप–महानगरपालिका वडा नम्बर २ मा रहेको श्री अमर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक सुरेन्द्र प्रसाद यादवलाई मोबाइलमार्फत विद्यार्थीलाई चिट चोराउन सहयोग गरेकोमा पक्राउ गरेको हो ।
यस्तै बाराको बारागढी गाउँपालिका वडा नम्बर १ मा रहेको श्री जनता मावि बुधगाईमा नक्कली गार्डको रूपमा खटिएर चिट चोराउन भूमिका खेलेकोमा विनोद प्रसाद यादव पक्राउ परेका छन् ।
उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण