ब्राजिलमा कोकिनको क्याप्सुल निलेर नेपालमा तस्करी
काठमाडौँ । लागु औषध कोकिन तस्करीमा संलग्न गिरोहका दुई जना सदस्यलाई पक्राउ गर्न प्रहरी सफल भएको छ । पक्राउ परेका ब्राजिलियन नागरिकहरूले कोकिन राखिएको क्याप्सुल निल्ने र पेटमा राखेर नेपालसम्म तस्करी गर्ने गरेको खुलेको हो ।
ब्राजिलियन नागरिकहरू लारिसन ब्रिटो दोस सान्तोस र फर्नान्डा भाल दोस सान्तोसले यसरी कुल १ केजी ४५५ ग्राम कोकिन तस्करी गरेको पाइएको लागु औषध नियन्त्रण ब्युरोका प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए ।
‘अनुसन्धानको क्रममा निजहरू दुवै जनाले ब्राजिलको सापाउलोबाट कोकिनको क्याप्सुलहरू निलेर पेटमा लुकाऊ छिपाऊ गरी नेपाल ल्याएको खुल्न आएको छ’, उनले भने ।
विभिन्न मुलुकहरूबाट नेपाल प्रवेश गरी शङ्कास्पद गतिविधि गर्ने विदेशी नागरिकहरूको निगरानी गर्ने क्रममा प्रहरी उनीहरूसम्म पुग्न सफल भएको थियो ।
चैत १३ गते काठमाडौँको ठमेलको एक होटेलमा लारिसनले सुटकेस भित्र लुकाएर राखेको ८४० ग्राम कोकिन तथा फर्नान्डले पनि लुकाएको थप ५५० ग्राम गरी जम्मा १३९ क्याप्सुलबाट कोकिन १ किलो ३९० ग्राम बरामद भएको थियो । यस्तै नेपाल प्रहरी अस्पतालमा परीक्षण गराउँदा लारिसनको पेटबाट अरु ६५ ग्राम कोकिन बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद कोकिनको अवैध बजार मूल्य ४ करोड ३६ लाख ५० हजार बराबर भएको बताइएको छ । दुबै जनालाई जिल्ला अदालत काठमाडौँबाट अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरू अन्तर्राष्ट्रिय लागूऔषध तस्करीमा आबद्ध गिरोहका सदस्यहरू भएको प्रहरीको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण