सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
टी–२० क्रिकेट

४९ रनमा आउट भए आयरल्यान्डका ओपनर पिटर मुर, आरिफ शेखले बोल्ड गरे

शुक्रबार, १६ चैत २०८०, १३ : ५८
शुक्रबार, १६ चैत २०८०

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो टी–२० क्रिकेटमा नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ को तेस्रो विकेट लिएको छ । आयरल्यान्डको तेस्रो विकेट आरिफ शेखले लिएका हुन् । आरिफले आयरल्यान्डका ओपनर ब्याट्सम्यान पिटर मुरलाई बोल्ड गरे । 

पिटर मुर केवल एक रनका कारण अर्धशतक पुरा गर्नबाट चुके । उनले ३२ बलमा तीन छक्का र चार चौकाको मद्दतले ४९ रन बनाए । ११ औँ ओभरको अन्तिम बलमा पिटर मुर आउट हुँदा आयरल्यान्डले ९६ रन बनाएको छ । नेपाल ‘ए’ ले टस जिती आयरल्यान्ड ‘ए’ लाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप