सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
टी–२० क्रिकेट

कमलसिंह ऐरीले लिए आयरल्यान्ड ‘ए’ को पाँचौँ विकेट

शुक्रबार, १६ चैत २०८०, १४ : ३४
शुक्रबार, १६ चैत २०८०

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो टी–२० क्रिकेटमा नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ को पाँचौँ विकेट लिएको छ । आयरल्यान्डको पाँचौँ विकेट पनि कमलसिंह ऐरीले नै लिएका हुन् । उनले आयरल्यान्ड ‘ए’ का कप्तान निल रकलाई आफ्नो बलिङमा आफैले क्याच गर्दै पेभेलियन फर्काएका हुन् । 

कमलले लिएको यो तेस्रो विकेट हो । आउट हुनुअघि कप्तान निल रकले २३ बलमा तीन छक्का र एक चौकाको मद्दतले ३८ रन बनाएका थिए । १८.१ ओभरमा निल रक आउट हुँदा आयरल्यान्डले एकसय ८१ रन बनाइसकेको छ । नेपाल ‘ए’ ले टस जिती आयरल्यान्ड ‘ए’ लाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप