सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

शनिबार, १७ चैत २०८०, १० : २८
शनिबार, १७ चैत २०८०

दमक  ।  जिल्लाको कमल गाउँपालिकामा गए राति हात्तीको आक्रमणमा परी एकजना महिलाको मृत्यु भएको छ । वडाध्यक्ष लालबहादुर विष्टका अनुसार  कमल गाउँपालिका–५ गुह्येश्वरी टोलकी ५८ वर्षीया खड्गमाया लिम्बूको मृत्यु भएको हो ।

छिमेकी पवित्रा बेघाको घरमा सुतिरहेका बेला राति ११ः५० बजे हात्तीले घर भत्काउँन थालेपछि भाग्ने क्रममा निजमाथि आक्रमण भएको थियो । उनको घटनास्थलमा नै मृत्यु भएको वडाध्यक्ष विष्टले बताए। 

लिम्बू परिवार केही वर्षदेखि रतुवा माई वृक्षरोपण आयोजनाको जङ्गल हातामा कटेरो बनाई बस्दै आएका थिए । वर्ष दिनअघि सोही बस्तीमा  हात्तीको आक्रमणमा परेर ५८ वर्षीय रोहित रेग्मीको मृत्यु भएको थियो । जिल्लाको शिवसताक्षीमा तीन दिनअघि हात्तीले आक्रमण गर्दा शिवसताक्षी–११ की ६० वर्षीया पवित्रा भेटवालको मृत्यु भएको थियो भने उनका श्रीमान् ६२ वर्षीय दिलीप भेटवाल गम्भीर घाइते भएका छन् ।

यस वर्ष हात्तीको आक्रमणबाट झापामा सात जनाको मृत्यु भइसकेको छ,भने सात जना घाइते भएका डिभिजन वन कार्यालयकी सूचना अधिकारी अञ्जना पुरीले बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप