महोत्तरीको समग्र विकासमा सरकारले पहल गर्छ : प्रधानमन्त्री
शनिबार, १७ चैत २०८०, १३ : १२
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महोत्तरी जिल्लाको समग्र विकासका लागि आफूले निरन्तर पहल गर्दै आएको र आगामी दिनमा पनि त्यसलाई जारी राख्ने बताएका छन् ।
महोत्तरीका सांसद, स्थानीय जनप्रतिनिधि एवं उद्योग वाणिज्य सङ्घ र राजनीति दलका प्रतिनिधिमण्डसँग आज बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षको बजेटमा पनि महोत्तरीलाई प्राथमिकतामा राख्ने बताए ।
जलेश्वर नगरको कार्यक्रममा सरकारको सहयोग रहने र सुक्खा बन्दरगाहलगायतका विषयमा आफूले ध्यान दिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासन केन्द्रमा राखेर देशको समग्र विकासमा सरकार निरन्तर लागिपरेको स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी काण्डबारे लेखा समितिमा उठ्यो प्रश्न, फाइल र कागजात झिकाएर छानबिन गर्न सांसदहरूको माग
-
लयमा फर्किँदै घरजग्गा कारोबार : राजस्व र कारोबार रकम बढ्यो, काठमाडौँमा सबैभन्दा धेरै वृद्धि
-
'विश्वकपले कार्बन उत्सर्जनको जिम्मेवारी बहन गर्नैपर्छ'
-
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको बिदाइ
-
निजी र सार्वजनिक जीवन छुट्ट्याउन नसक्दा भ्रष्टाचार र कुशासन सुरु हुन्छ : खनाल
-
चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानुन पारित नभए आगामी निर्वाचन हुन कठिन छ: भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण