सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सहकारी र लघुवित्तको रकम ठगी गर्नेहरुलाई सरकारले संरक्षण गरिरहेको छ : केसी

शनिबार, १७ चैत २०८०, १४ : ३२
शनिबार, १७ चैत २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सहकारी र लघुवित्तको रकम ठगी गर्नेहरुलाई सरकारले संरक्षण गरिरहेको आरोप लगाएका छन् । शनिवार काठमाडौँमा आयोजति एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

केसीले अहिले देशव्यापी रुपमा सहकारी र लघुवित्त ठगी खाने भाँडो भएको बताए । उनले अहिल राष्ट्रिय परिस्थिति दिनप्रतिदिन चुनौतितर्फ अघि बढिरहेको जिकिर गरे । केसीले नागरिकहरुमा निराशा छाएको बताए । उनले जनतामा निराशा र असन्तुष्टि आइरहेको भन्दै बिस्तारै समाज विद्रोह र अराजकतातिर उन्मुख भइरहेको बताए ।

केसीले भने, ‘अहिले देशव्यापी रुपबाट सहकारी र लघुवित्त ठगी खाने भाँडो भएको छ । राज्य त्यसलाई संरक्षण गर्ने, कारबाही भन्दा संरक्षण गर्नेतिर लागेको छ । यो किसिमको परिस्थितिमा यो संस्था, जुन संस्थामा हामी सबै आवद्ध छौँ, यसलाई एकदम निष्कलंक बनाउँदै एउटा लक्ष्यमा पुग्नुपर्छ ।’ 

उनले अहिले सरकार सरकार जसरी र संसद् संसद् जसरी सञ्चालन हुन नसकेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप