‘एक दिन माओवादी एक भएरै छाड्छ’
काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सबै माओवादीहरू एक भएरै छाड्ने दाबी गरेका छन् । शनिबार ‘२४ औं जेलब्रेक स्मृति दिवस’मा आयोजित कार्यक्रममा बोल्दै उनले देशलाई कुनै पनि हालतमा गलत तत्त्वहरूको हातमा सुम्पिन नसक्ने भन्दै रिस र आलोचना गरे पनि एक दिन माओवादी एक भएरै छाड्ने दाबी गरेका हुन् ।
उनले भने, ‘हाम्रो देशलाई कुनै पनि हालतमा गलत तत्त्वहरूको हातमा सुम्पिन सकिँदैन । अहिले समाजवादी मोर्चा पनि बनेको छ । हाम्रै पहलमा हाम्रो राम्रो छलफल पनि चलेको छ । माओवादी त छँदै छ । माओवादी त एक हुन्छ । एक दिन माओवादी एक भइछाड्छ, यो कसैले रिस गरे पनि आलोचना गरे पनि यो एक हुन्छ, बनाइन्छ ।’
उनले हिजो जेल तोड्नेहरूले आज साम्राज्यवादी र दलालीहरूको खेल तोड्न आवश्यक रहेको बताए । नेपालको इतिहासले माओवादहरूलाई एक ठाउँमा ल्याएको भन्दै नयाँ तरिकाले समीक्षा गरेर अगाडि बढ्ने उनको भनाइ छ ।
उनले भने, ‘हिजो जेल तोडियो आज खेल तोड्नुपर्ने छ । साम्राज्यवादी र दलालीहरूको खेल तोड्नु छ । हिजो सामन्तवाद र दलालको जेल तोडियो आज यिनीहरूले भयङ्कर गर्दै छन् । नेपालको इतिहासले हामीलाई एक ठाउँमा ल्याइसकेको छ । जनताले हामीलाई हेरेका छन् । अब हामीले नयाँ तरीकाले समीक्षा गर्ने बेला आएको छ । जिम्मेवारी लिने बेला आएको छ ।’
महासचिव विप्लवले एमाले र कांग्रेसभित्र पनि माओवादी धारका नेताहरू रहेको भन्दै माओवादी एक्लै नभएको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान
-
इन्द्रसरोवरमा सवारी दुर्घटनाः एक जनाको मृत्यु, १८ घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण