विभिन्न स्थानमा ६ जना मृत फेला
शनिबार, १७ चैत २०८०, १८ : ०५
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ ।
- पाल्पा, रामपुर नगरपालिका-४ हातेमालो चोक बस्ने ५९ वर्षीय नर बहादुर सोती निस्दी गाउँपालिका-३ कुन्दर खोलाको बगरको छेउमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- सोलुखुम्बु, सोलुदुधकुण्ड नगरपालिका-५ डासी बस्ने निमा तामाङको छोरा १६ वर्षीय बहादुर तामाङ सोअ ठाउँस्थित सोलु खोलामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- झापा, मेचिनगर नगरपालिका-१० नागाडुब्वा पुल नजिक हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ६५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
- सुनसरी, कोशी गाउँपालिका-१ लौकहीस्थित लौकही बजारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- कैलाली, टीकापुर नगरपालिका-४ इन्द्रैयास्थित खेतमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- सर्लाही, बाग्मती नगरपालिका-१ हिरेडाँडास्थित जंगलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण