शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
बैठक

शीर्ष तीन दलको बैठक सुरु

शनिबार, १७ चैत २०८०, १८ : १०
शनिबार, १७ चैत २०८०

काठमाडौँ । सङ्क्रमणकालीन न्यायको विषयमा सहमति जुटाउन तीन दलका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी छन् ।

prachanda kp deuba 2

आजको बैठकमा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने विषयमा छलफल हुने प्रधानमन्त्री प्रचण्डले जानकारी दिएका छन् । बैठक अघि रिपोटर्स क्लबको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले शान्ति प्रक्रियासँगै संवैधानिक परिषद् सम्बन्धित विषयमा छलफल हुने बताएका थिए ।

prachanda kp deuba

उनले भने, ‘शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन एकातिर केपी ओली, अर्कोतिर शेरबहादुर देउवा राखेर सहमति बनाउनुस् भन्नुभयो । नभन्दै आज अहिले एकातिर शेरबहादुर जी र अर्कोतिर केपी ओलीजी बस्दैछौँ । हामी अहिलेको शान्ति प्रक्रियासँग सम्बन्धित पनि र संवैधानिक परिषद्सँग सम्बन्धित विषयमा पनि गम्भीर छलफल गर्दैछौँ । मेरो कोसिस सकेसम्म सबै राजनीतिक दल सबैलाई सहमतिमा ल्याएर एउटा राष्ट्रिय सहमति र सहकार्यको वातावरण बनाउनु नै हो । हुन त नेपाली काँग्रेससँग नजिक हुँदा र कहिले नेकपा एमालेसँग नजिक हुँदा नेता साथीहरूलाई नमिठो लागेकै छ । हामीले सहमतिकै आधारमा काम गरिरहेका छौँ । राष्ट्रिय सहमतिको वातावरण बनाउने किसिमले नै हामीले पहल गरेका छौँ । त्यसको एउटा वातावरण बनिरहेको पनि छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप