रियलमाथि बार्सिलोनाको दबाब कायमै
आइतबार, १८ चैत २०८०, ०७ : २७
क्याम्प नाउ । १० खेलाडीमा सीमित लास पालमासमाथि सङ्घर्षपूर्ण जित हासिल गर्दै बार्सिलोनाले शीर्ष स्थानमा रहेको रियल मड्रिडमाथि दबाब कायम राखेको छ । शनिबार भएको खेलमा बार्सिलोना १–० गोलले विजयी बन्दै दुरी ५ अङ्कमा झारेको हो ।
पहिलो हाफमा गोलकिपर अल्भारो भालेसलाई गुमाए पनि लास पालमासले लामो समय बार्सालाई रोक्न सफल भएको थियो । तर, ५९ औँ मिनेटमा राफिन्हाले जोआओ फेलिक्सको पासमा निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए । लिगमा यो सिजन उनको यो पाँचौँ गोल थियो ।
जिपछि बार्सिलोनाले ३० खेलबाट ६७ अङ्क बटुलेको छ । शीर्ष स्थानमा रहेको रियलको ७२ अङ्क छ । तर, टोलीले एक खेल कम खेलेको छ ।
शनिबार नै भएका अन्य खेलमा सेभियाले गेटाफेलाई १–० गोलले हरायो भने ओसासुनाले अल्मेरियामाथि ३–० को जित हासिल गर्यो । भ्यालेन्सिया भने मायोर्कासँग गोलरहित बराबरी खेल्न बाध्य बन्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण