बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

रियलमाथि बार्सिलोनाको दबाब कायमै

आइतबार, १८ चैत २०८०, ०७ : २७
आइतबार, १८ चैत २०८०

क्याम्प नाउ । १० खेलाडीमा सीमित लास पालमासमाथि सङ्घर्षपूर्ण जित हासिल गर्दै बार्सिलोनाले शीर्ष स्थानमा रहेको रियल मड्रिडमाथि दबाब कायम राखेको छ । शनिबार भएको खेलमा बार्सिलोना १–० गोलले विजयी बन्दै दुरी ५ अङ्कमा झारेको हो ।

पहिलो हाफमा गोलकिपर अल्भारो भालेसलाई गुमाए पनि लास पालमासले लामो समय बार्सालाई रोक्न सफल भएको थियो । तर, ५९ औँ मिनेटमा राफिन्हाले जोआओ फेलिक्सको पासमा निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए । लिगमा यो सिजन उनको यो पाँचौँ गोल थियो ।

जिपछि बार्सिलोनाले ३० खेलबाट ६७ अङ्क बटुलेको छ । शीर्ष स्थानमा रहेको रियलको ७२ अङ्क छ । तर, टोलीले एक खेल कम खेलेको छ ।

शनिबार नै भएका अन्य खेलमा सेभियाले गेटाफेलाई १–० गोलले हरायो भने ओसासुनाले अल्मेरियामाथि ३–० को जित हासिल गर्‍यो । भ्यालेन्सिया भने मायोर्कासँग गोलरहित बराबरी खेल्न बाध्य बन्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप