मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

आइतबार, १८ चैत २०८०, ०८ : २६
आइतबार, १८ चैत २०८०

काठमाडौँ । काठमाडौँको सोल्टीमोडमा मोटरसाइकलको ठक्करबाट पैदल यात्री एक वृद्धाको मृत्यु भएको छ । बा ८५ प ७१६७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी ती वृद्धाको ट्रमा सेन्टरमा उपचार भइरहेको थियो । 

उनको गएराति साढे ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार धादिङ घर भई हाल कालीमाटी बस्दै आएकी ७० बर्सिया लक्ष्मी तामाङको मृत्यु भएको हो । 

सडकमा पैदल हिँडिरहेकी तामाङलाई मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप