बिट्क्वाइनको मूल्य डेढ लाख डलर पुग्ने अनुमान
क्यालिफोर्निया । भर्चुअल मुद्रा बिट्क्वाइनको भाउ यो वर्ष सुरु भएयता नै बढिरहेको छ । क्वाइनडेस्कमा बिट्क्वाइनको भाउ आइतबार बिहान ११ः ४५ बजेतिर प्रतिगोटा ७० हजार ३४२ डलर ४४ सेन्ट कायम भएको थियो । यो अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा शून्य दशमलव ४ प्रतिशत बढी हो । यसैबिच एक जना हेज फन्ड म्यानेजरले यो वर्ष बिट्क्वाइनको भाउ दोब्बरभन्दा माथि पुग्ने बताएका छन् ।
सीएनबीसीको फाष्ट मनीसँगको कुराकानीमा मोर्गन क्रिक क्यापिटल म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकारी (सीईओ) तथा मुख्य लगानी अधिकारी मार्क युस्कोले सन् २०२४ मा बिट्क्वाइनको भाउ १ लाख ५० हजार डलरमा पुग्ने प्रक्षेपण गरेका छन् । लगानीकर्ताहरूले आफ्नो पोर्टफोलियोको १ देखि ३ प्रतिशत बिट्क्वाइनमा लगानी गर्ने पनि उनले बताए । युस्कोले बिट्क्वाइनलाई लगानीको ‘राजा’ भनेका छन् ।
बिहीबार शेयर बजार बन्द हुँदा एक वर्ष अघिको तुलनामा बिट्क्वाइनको भाउ १५९ प्रतिशत माथि थियो । मार्चको शुरुमा यो ७३ हजार डलरको कीर्तिमानी बिन्दुसम्म पुगेको थियो । त्यसयता बिट्क्वाइन ७० हजार डलर आसपास किनबेच भइरहेको छ । आगामी एक दशकभित्र बिट्क्वाइनको भाउ १० गुणासम्म बढ्न सक्ने युस्को भन्छन् । पछिल्लो समय बिट्क्वाइनको भाउ बढ्नुको कारण उनले जनवरीमा बिट्क्वाइन एक्सचेन्ज ट्रेडेड फनडको स्थापना हुनु बताए ।
भाउ यो वर्ष सुरु भएयता नै बढिरहेको छ । क्वाइनडेस्कमा बिट्क्वाइनको भाउ आइतबार बिहान ११ः४५ बजेतिर प्रतिगोट ७० हजार ३४२ डलर ४४ सेन्ट कायम भएको थियो । यो अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा शून्य दशमलव ४ प्रतिशत बढी हो । यसैबिच एक जना हेज फन्ड म्यानेजरले यो वर्ष बिट्क्वाइनको भाउ दोब्बरभन्दा माथि पुग्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण