बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

‘डिग्री माइला’ले ल्यायो ‘गफाडी’ प्रतियोगिता

आइतबार, १८ चैत २०८०, १२ : ४८
आइतबार, १८ चैत २०८०

काठमाडौँ । अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्म हो, ‘डिग्री माइला’ । फिल्म आगामी ३० गतेदेखि देशभर सार्वजनिक प्रदर्शनमा आउँदैछ ।

फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको मुख्य पात्र दयाहाङको भूमिका रहेको डिग्री माइलामा गफाडी प्रतियोगिता घोषणा गरेको छ ।

घोषणा अनुसार ‘डिग्री माइला’ पात्र बनेर आफ्नै बारेमा गफ दिएर भिडिओ पठाउनु पर्नेछ । भिडियो अधिकतम ३ मिनेटसम्मको हुनुपर्नेछ । त्यसरी प्राप्त भिडियो मध्य उत्कृष्टले अनर ब्रान्डको मोबाइल ‘एक्स नाइन बि फाइभजी’ प्राप्त गर्नेछन् ।

भिडियो बासुरी फिल्मको फेसबुक पेज तथा इमेलमा पठाउन सकिनेछ । सहभागीले २७ गते भित्र भिडियो पठाइसक्नुपर्नेछ । प्रतियोगितामा ५० ज.वटा टिकट सानतोना पुरस्कारमा पनि राखिएको छ । 

रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङका अलवा आँचल शर्मा, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल लगायतको अभिनय देख्न सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप