निर्माणाधीन आयोजनाहरू छिटो सम्पन्न गर्न नयाँ सोचका साथ काम गर्दैछौँ : उपप्रधानमन्त्री महासेठ
काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले निर्माणाधीन आयोजनाहरू छिटो सम्पन्न गर्नका लागि नयाँ सोचका साथ काम गरिरहेको बताएका छन् । आइतबार सिरहा र धनुषा जोड्ने कमला नदीको पुल निरीक्षणका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उपप्रधानमन्त्री महासेठले निर्माणाधीन योजनाहरू पहिलो चरणमा सम्पन्न गर्ने नयाँ प्रकारको सोचसहित सरकार अघि बढिरहेको बताए । उनले पुल, सडक लगायतका निर्माणाधीन आयोजनाहरू पहिलो चरणमा सम्पन्न गरेपछि मात्रै नयाँ योजना अघि सार्ने रणनीतिसहित आफूहरू अघि बढेको बताए । उनले आगामी असार मसान्तभित्र कमला नदीको पुल र हुलाकी राजमार्गको काम पूरा गर्न निर्देशन दिए । असार मसान्तसम्म काम पूरा नभए सडक विभागले कुनैपनि कदम चाल्ने चेतावनी दिए ।
उनले भने, ‘कमला पुलको जुन कुरा छ, स्वाभाविक छ, यसलाई मधेसको मुख्य पुलका रूपमा लिएका छौँ । सिरहा र धनुषा जोड्ने पुल हो । अब पहिला गल्ती भएको कुरा सच्याउन भनेका छौँ, असार भित्र सम्पन्न गर्नेगरी अन्तिम निर्देशन गरेका छौँ । हुलाकी सडकलाई पनि दिएका छौँ । यदि असार मसान्तभित्र पूरा भएन भने सडक विभागले कुनैपनि स्टेप चाल्न सक्छ ।’
निरीक्षणका क्रममा हुलाकी राजमार्ग योजना कार्यालय, जनकपुरका योजना प्रमुख कृष्णकुमार महतोले राजपत्रमा प्रकाशित हुन नसक्दा र लगत कट्टा हुन नसक्दा समस्या झेल्नुपरिरहेको बताए । उनले सडक सिमाना स्पष्ट नहुँदा पनि कतिपय समस्या सिर्जना आइरहेको बताए । हुलाकी सडकअन्तर्गत अहिले १६ वटा स्टे अर्डरसहितका २६ वटा मुद्दाहरूको सामना गरेर काम अघि बढाइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण