नेपालले टस जितेर पहिले गुजरातलाई ब्याटिङको निम्तो दियो

काठमाडौँ । राज्यस्तरीय क्लबसँग त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खला खेल्न भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले आइतबार गुजरातविरुद्धको खेलमा पहिले फिल्डिङ गर्ने भएको छ । नेपालले टस जिती पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो ।
खेल नेपाली समय अनुसार, दिउँसो २ः४५ बजे सुरु हुनेछ । उक्त शृङ्खलाका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले रोहित पौडेलको कप्तानीमा टोलीको घोषणा गरेको थियो । नेपाली टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख र कुशल भुर्तेल रहेका छन् ।
यसैगरी टोलीमा कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, गुलसन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाष बोहरा र आकाश चन्द पनि रहेका छन् । नेपाली टोलीको प्रशिक्षकमा भारतका मोन्टी देसाई रहेका छन् ।
भारत भ्रमणका क्रममा नेपाली टोलीले त्यहाँको राज्यस्तरका दुईवटा क्लबसँग टी-२० शृङ्खला खेल्ने कार्यक्रम रहेको छ । मार्च ३१ देखि अप्रिल ७ तारिखसम्म हुने त्रिकोणात्मक शृङ्खलामा नेपालले भारतको गुजरात र बरोडा क्लबसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।
नेपाली टोलीले जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी-२० विश्वकपको तयारीका क्रममा यो शृङ्खला खेल्न लागेको हो । ‘एसएमएस फ्रेन्ड्सिप कप’ नाम दिइएको उक्त त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेल अप्रिल १ तारिखमा गुजरात र बरोडाबिच हुनेछ ।
यसैगरी तेस्रो खेल नेपाल र बरोडाबिच अप्रिल २ तारिखमा खेलिने छ । अप्रिल ३ तारिखमा नेपाल र गुजरातबिच खेल हुनेछ । अर्को खेल अप्रिल ४ तारिखमा बरोडा र गुजरातबिच खेलिने छ । लिग चरणको अन्तिम खेल अप्रिल ५ तारिखमा नेपाल र बरोडाबिच खेलिने कार्यक्रम रहेको छ ।
त्यसपछि लिग तालिकाको सबैभन्दा माथि रहने दुई टोलीबिच अप्रिल ७ तारिखमा शृङ्खलाको फाइनल खेल खेलिने छ । भारत प्रस्थान गर्नुअघि नेपाली टोलीले घरेलु मैदानमा आयरल्यान्ड ‘ए’ टोलीसँग दुईवटा टी-२० खेलको शृङ्खला खेलेको थियो । शृङ्खलामा नेपाल २-० ले विजयी भएको थियो ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवल–गोरुसिङ्गे सडक विस्तार : शिलान्यास भएको ४ महिनामा ९ प्रतिशत भौतिक प्रगति
-
वीरगञ्ज नाकाबाट पाँच खर्ब छ अर्बको आयात, ७९ अर्ब निर्यात
-
अनलाइनबाट नागरिकताको सिफारिस दिँदै सिमकोट गाउँपालिका
-
धनगढी उपमहानगरद्वारा विषादी प्रयोग गरिएका आँप नष्ट
-
पश्चिमी, स्थानीय र मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ वर्षा
-
बिजुली र सिँचाइ सेवामा सुधार गर्न विश्व बैंकको सहयोग