ओबामा दम्पतीले आफ्नी छोरीको प्रेमीसँग किन माफी मागे ?
न्युयोर्क । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा र मिसेल ओबामा आफ्नो विनम्र व्यवहारका लागि चिनिन्छन् । पछिल्लो पटक उनीहरुले आफ्नी छोरी मेलिसाको प्रेमी रोरी फारकुहारसनसँग पत्र लेखेर माफी मागेको समाचार आएको छ ।
१९ वर्षिया मेलिसा र २० वर्षे रोरी अघिल्लो वर्ष हरवार्ड विश्वविद्यालयमा अध्ययनका क्रममा भेट भएदेखि चर्चामा रहेका छन् ।
उनीहरुबीच प्रेम सम्बन्ध रहेको मिडिया रिपोर्टमा समाचारहरु प्रकाशित भएका छन् ।
ओबामा दम्पत्ति आफ्नो छोरी चर्चित परिवारबाट भएको कारणले रोरी र उनको परिवारमा हुने सार्वजनिक चासोबारे चिन्तित देखिएका छन् ।
त्यही भएर ओबामा दम्पत्तिले आफूहरुका कारण उनीहरुको व्यक्तिगत जीवनमा बढेको चाँसोबारे माफी मागेका हुन् ।
तर, यसमा ओबामाद्वयले चिन्ता लिनुनपर्ने जस्तो देखिन्छ ।
सफल्कस्थित आफ्नो १६ लाख डलरको घरमा बस्ने रोरीका धनी अभिभावक चाल्स र क्याथरिनले पूर्व राष्ट्रपतिले लेखेको यो पत्रबारे आफ्ना परिचितहरुसँग खुसी साथ सुनाउने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित, फेरिँदै विद्यालय पाठ्यक्रम
-
पेनाल्टीले जोगियो दक्षिण अफ्रिकाको विश्वकप यात्रा, चेक रिपब्लिकसँग अंक बाँड्दै नकआउटको आस कायमै
-
दक्षिण अफ्रिका खेलमा फर्कियो, अन्तिम समयको खेल निकै रोमाञ्चक
-
नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री
-
कृषि, वन तथा वातावरण मन्त्रालयलाई करिब दुई अर्बको अनुदान
-
तारा लाल धरेललाई ‘कर्पोरेट फर्निचर इन्डष्ट्री एक्सिलेन्स’ अवार्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण