बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

गृहस्थी बसाउन चाहन्छन् विजय देवरकोंडा

आइतबार, १८ चैत २०८०, १५ : ४६
आइतबार, १८ चैत २०८०

नयाँ दिल्ली । रश्मिका मन्डन्नासँग डेटिङ गरिरहेको खबरबिच विजय देवरकोंडा विवाहको योजनामा छन् । उनले छिट्टै बिहे गर्ने र पिता बन्ने इच्छा पनि व्यक्त गरेका छन् ।

प्रेम विवाह गर्नेछन् विजयले

आगामी फिल्म ‘फेमिली स्टार’को प्रमोशनका क्रममा विजयलाई छिट्टै बिहे गर्न तयार छौँ ? सोधिएको थियो । यसको उत्तरमा विजयले भनेका थिए, ‘म पनि बिहे गरेर बाबु बन्न चाहन्छु ।’ न्युज १८ का अनुसार विजयले प्रेम विवाह मात्रै गर्ने पुष्टि गरेका छन् । तर यो विवाह पनि उनको मातापिताले अनुमति दिएपछि मात्रै हुने बताइएको छ ।

विजय र अभिनेत्री रश्मिका मन्डन्नाबिच डेटिङ चलिरहेको हल्ला सुन्नमा आएको धेरै भयो । दुवै लामो समयदेखि प्रेम सम्बन्धमा रहेको खबरहरू बाहिर आएको छ । तर, दुवैले यसबारे खुलेर बोलेका छैनन् । केही समय अघि एक अन्तर्वार्तामा विजयलाई उनको प्रेम सम्बन्धबारे सोध्दा उनले हो वा होइन केही पनि भनेका थिएनन् ।

गीता गोविन्दमको सेटमा बढेको थियो निकटता

रिपोर्टका अनुसार गीता गोविन्दम फिल्ममा सँगै काम गरेपछि विजय र रश्मिकाबिच निकटता बढेको हो । दुवै जना फिल्म डियर कम्रेडमा पनि देखिए । यो वर्षको सुरुतिर विजय र रश्मिका मगनीको तयारीमा रहेको खबर आएको थियो । तर यसको अहिलेसम्म पुष्टि भएको छैन ।

‘पुष्पा २’को सुटिङमा व्यस्त छिन् रश्मिका

विजय आगामी दिनमा फिल्म ‘फेमिली स्टार’मा देखिँदैछन् । रश्मिका भने पुष्प २ मा देखिनेछिन् । फिल्ममा उनीसँगै अल्लु अर्जुन, साई पल्लवी र विजय सेतुपतिको  पनि अभिनय हेर्न पाइनेछ । अहिले रश्मिका यही फिल्मको सुटिङमा व्यस्त छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप