सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
संसद

बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक प्रतिनिधिसभामा प्रस्तुत

आइतबार, १८ चैत २०८०, १६ : २८
आइतबार, १८ चैत २०८०

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक २०८० प्रस्तुत भएको छ । संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको विधेयक स्वीकृत भएको छ ।

विधेयक प्रस्तुत गर्दै मन्त्री पुनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विकसित वित्तीय प्रणाली, वित्तीय औजार, सुरक्षा र जोखिम समेतका आधारमा बैंक तथा वित्तीय संस्थाहरुको प्रभावकारी व्यवस्थापन एवं नियमन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वातावरण तथा प्रविधिमा आएका परिवर्तनलाई प्रयोग गर्न विधेयक अघि बढाइएकाे उल्लेख गरेका छन् । 

साथै उनले प्रस्तुत गरेको ‘भन्सार विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस’ भन्ने प्रस्ताव पनि स्वीकृत भएको छ । सभामुखले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले स्वीकृत भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप