बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक प्रतिनिधिसभामा प्रस्तुत
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक २०८० प्रस्तुत भएको छ । संसद भवन नयाँ बानेश्वरमा आइतबार बसेको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको विधेयक स्वीकृत भएको छ ।
विधेयक प्रस्तुत गर्दै मन्त्री पुनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विकसित वित्तीय प्रणाली, वित्तीय औजार, सुरक्षा र जोखिम समेतका आधारमा बैंक तथा वित्तीय संस्थाहरुको प्रभावकारी व्यवस्थापन एवं नियमन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वातावरण तथा प्रविधिमा आएका परिवर्तनलाई प्रयोग गर्न विधेयक अघि बढाइएकाे उल्लेख गरेका छन् ।
साथै उनले प्रस्तुत गरेको ‘भन्सार विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस’ भन्ने प्रस्ताव पनि स्वीकृत भएको छ । सभामुखले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले स्वीकृत भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय वाणिज्य बैङ्कद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुआत
-
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा
-
अर्जेन्टिना र केप भर्डेबिचको खेल सुरु, मेस्सीमाथि सबैको नजर
-
नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न
-
बडीमालिकामा छाउपडी गोठ मुक्तघोषणा
-
विपदजन्य घटनामा वैशाख यता १२७ को मृत्यु, ७७३ घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण