अमेरिकी कङ्ग्रेसका कर्मचारीलाई माइक्रोसफ्टको एआई चलाउन रोक
वाशिङ्टन डीसी । अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले आफ्ना कर्मचारीहरूलाई घरेलु बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्टको कोपाइलट जेनरेटिभ एआई असिस्टेन्ट एक्सिओस् प्रयोगमा रोक लगाएको छ ।
माइक्रोसफ्टको कोपाइलट एप प्रयोगकर्ताको लागि जोखिमपूर्ण भएको अनि यस सदनले अनुमति नदिएको क्लाउड सेवाहरूमा सदनको गोप्य डेटा चुहिने खतरा भएको अफिस अफ साइबर सेक्युरिटीले ठहर गरेको बताइएको छ ।
सरकारी प्रयोगकर्ताहरूको डेटा सुरक्षाको आवश्यकता झनै धेरै भएकोले कम्पनीले कोपाइलट जस्ता एआई टूलका लागि रोडम्याप घोषणा गरेको माइक्रोसफ्टका एक प्रवक्ताले बताएका छन् ।
यो रोडम्याप ल्याएपछि को पाइलटले संघीय सरकारको सुरक्षा र अनुपालनाको मापदण्डहरू पूरा गर्ने उनको भनाई छ । संघीय निकायहरूमा कृत्रिम बौद्धिकता अपनाउँदा हुन सक्ने जोखिमबारे नीति निर्माताहरूले अध्ययन गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण