मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी कङ्ग्रेसका कर्मचारीलाई माइक्रोसफ्टको एआई चलाउन रोक

आइतबार, १८ चैत २०८०, १७ : १९
आइतबार, १८ चैत २०८०

वाशिङ्टन डीसी ।  अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले आफ्ना कर्मचारीहरूलाई घरेलु बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्टको कोपाइलट जेनरेटिभ एआई असिस्टेन्ट एक्सिओस् प्रयोगमा रोक लगाएको छ ।

 माइक्रोसफ्टको कोपाइलट एप प्रयोगकर्ताको लागि जोखिमपूर्ण भएको अनि यस सदनले अनुमति नदिएको क्लाउड सेवाहरूमा सदनको गोप्य डेटा चुहिने खतरा भएको अफिस अफ साइबर सेक्युरिटीले ठहर गरेको बताइएको छ । 

सरकारी प्रयोगकर्ताहरूको डेटा सुरक्षाको आवश्यकता झनै धेरै भएकोले कम्पनीले कोपाइलट जस्ता एआई टूलका लागि रोडम्याप घोषणा गरेको माइक्रोसफ्टका एक प्रवक्ताले बताएका छन् ।

 यो रोडम्याप ल्याएपछि को पाइलटले संघीय सरकारको सुरक्षा र अनुपालनाको मापदण्डहरू पूरा गर्ने उनको भनाई छ । संघीय निकायहरूमा कृत्रिम बौद्धिकता अपनाउँदा हुन सक्ने जोखिमबारे नीति निर्माताहरूले अध्ययन गरिरहेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप