शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

गृहमन्त्री लामिछानेमाथि कांग्रेसले मिथ्या आरोप लगायो : सन्तोष परियार

आइतबार, १८ चैत २०८०, १७ : ५४
आइतबार, १८ चैत २०८०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पार्टी सभापति तथा सरकारका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि नेपाली कांग्रेसले मिथ्या आरोप लगाएको बताएका छन् । आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

प्रमुख सचेतक परियारले कांग्रेसलाई संसदीय छानबिन समिति बन्दैन भन्ने जानकारी हुँदाहुँदै पनि संसदमा अवरोध झिक्ने काम गरिरहेको बताए । उनले गृहमन्त्री लामिछानेमाथिका प्रश्नको जवाफ दिन कांग्रेसले संसदमा मौका दिनुपर्ने बताए । उनले सबैभन्दा बलियो मत दिएर जिताएको व्यक्तिमाथि मिथ्या आरोपका भरमा काँग्रेसले राजनीतिक, सांस्कृतिक अधिकारलाई सङ्कुचित गर्नु नहुने बताए । उनले गृहमन्त्रीमाथि छानबिन समिति बनाइरहनुपर्ने आवश्यकता नरहेको जिकिर गरे ।

उनले भने, ‘नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिमाथि जुन प्रश्न उठ्यो । त्यो प्रश्नको जवाफ दिन गृहमन्त्री तयार हुनुहुन्छ । त्यो मौका उहाँले दिनुपर्छ । जहाँसम्म समितिको कुरा छ, यो मिथ्या आरोपको भरमा एउटा व्यक्तिलाई जो सबैभन्दा बलियो जनमत लिएर आएको छ, जो यो देशको प्रमुख पार्टीहरूमध्ये एउटा शीर्षस्थ नेता हो । त्यो मिथ्या आरोपका भरमा उसका राजनीतिक, सांस्कृतिक अधिकारलाई सङ्कुचित गर्नु हुँदैन । हामी समिति बनाउँदैनौँ भन्नेकुरा नेपाली काँग्रेसलाई स्पष्टसँग थाहा छ । यो समिति बनाइराख्नुपर्ने कुरा भएन ।

प्रमुख सचेतक परियारले आफूमाथि उठेका प्रश्नको जवाफ दिन गृहमन्त्री लामिछाने तयार रहेको पनि बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप