प्रेस सेन्टर जापानको इन्चार्जमा जिपी लामिछाने
काठमाडौँ । प्रेस सेन्टर जापानको इन्चार्जमा जिपी लामिछाने चयन भएका छन् । प्रेस सेन्टर नेपाल प्रवास प्रदेश समितिको पूर्ण बैठकले एक परिपत्र जारी गरी इन्चार्जको जिम्मा लामिछानेलाई दिइएको हो । लामिछाने मध्यान्ह राष्ट्रिय दैनिक जापानका संवाददाता हुन् ।
प्रेस सेन्टरले पूर्वी एसिया इन्चार्जमा तिलक मल्ल, युरोप इन्चार्जमा केजिन राई, ओसियाना इन्चार्जमा दिल निशानी मगर, पश्चिम एसिया इन्चार्जमा मेगराज सापकोटा, युएईको इन्चार्जमा लक्ष्मण खनाललगायत २३ क्षेत्र तथा देशहरूको इन्चार्ज चयन गरेको छ । प्रेस सेन्टर नेपाल प्रवास समितिहरूको कामलाई प्रभावकारी बनाउनको लागि विभिन्न क्षेत्र तथा देशहरूमा इन्चार्जहरूको व्यवस्था गरिएको अध्यक्ष हरि नेपालीले बताए ।
प्रेस सेन्टरले प्रवास प्रदेश समिति अन्तर्गतका क्षेत्र तथा देशहरूमा “एक देश एक प्रेस सेन्टर “भन्ने नारालाई आत्मसाथ गर्दै ३ महिनाभित्र विभिन्न देशहरूमा प्रेस सङ्गठन निर्माण गरिसक्नु पर्ने सर्कुलर पनि जारी गरेको छ । प्रेस सेन्टरले प्रदेश समितिको कार्य चुस्तदुरुस्त सञ्चालन गर्न तत्कालको लागि पदाधिकारीबाटै सचिवालयको काम गर्ने निर्णय समेत गरेको छ । प्रेस सेन्टर नेपाल प्रवास प्रदेश समिति अन्तर्गत विभिन्न देशमा रहेर पत्रकारिता गरिरहेका र गर्न इच्छुक पत्रकारहरूको क्षमता अभिवृद्धिको लागि ३ महिने अभियानको सिलसिलामा ३ दिने अनलाइन पत्रकारिता तालिमको आयोजना गर्ने लगायतका विषयहरूमा पनि छलफल भइरहेको उपाध्यक्ष तथा पूर्वी एसिया इन्चार्ज तिलक मल्लले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण