सोमबार बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार विश्वासको मत लिने भएका छन् ।
आइतबार बसेको प्रदेशसभाको कार्यव्यवस्था समितिको बैठकले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावलाई सोमबार संसदमा छलफल गराउने निर्णयसहित कार्यसूची तय गरेको हो ।
प्रदेशसभाका सचिव कृष्णहरी खड्काका अनुसार कार्यव्यवस्था परामर्शको बैठकले मुख्यमन्त्री जम्कट्टेलले चैत १९ गते सोमबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची तय भएको छ । बैठकले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावलाई छलफल गरी निर्णायार्थ प्रस्तुत गर्ने कार्यसूची तयार गरेको उनले बताए । प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि दलका सांसदहरूले धारणा राख्ने उनले बताए ।
कार्य व्यवस्था समितिको बैठकमा प्रदेशसभाका संसदीय समितिको सभापतिको विषयमा पनि छलफल भएको छ । बैठकमा समितिको सभापति चयन सहमतिमा गर्ने गरी छलफल भएको नेकपा माओवादी केन्द्रका मुख्य सचेतक रत्न ढकालले जानकारी दिए । छिट्टै नै समितिको सभापति चयन गर्ने र ५ समितिको सभापतिको एक÷एक वटा दलले लिने गरी छलफल भएको उनले बताए ।
मुख्यमन्त्री जम्कट्टेलको प्रस्तावमा प्रदेशसभाका २ दल (हाम्रो नेपाली पार्टी र नेमकीपा) बाहेक अन्य ५ दलले एक÷एक वटा समितिको सभापति लिने गरी छलफल भएको उनले बताए । उक्त प्रस्तावमा ठोस सहमति भने हुन नसकेको उनले बताए । बैठकमा कांग्रेसले २ वटा संसदीय समितिको सभापतिमा दाबी गरेको थियो भने एमालेले पनि २ वटा माग गरेको थियो । सहमति बनेको खण्डमा आफू एउटा समितिको सभापति लिन तयार भएको एमालेले बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थप वार्ताका लागि तेहरान पुगे पाकिस्तानी गृहमन्त्री
-
अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी
-
तीन महिनामा दोस्रो पटक भारतमा घरेलु एलपीजी ग्यासको मूल्यवृद्धि
-
मलद्वारमा लुकाई ल्याएको ब्राउन सुगरसहित २ जना नियन्त्रणमा
-
फिल्म ‘पेड्डी’ विवादमा जाह्नवीको च्याट लिक
-
यौन उत्पीडनको झुटो आरोप लगाएको स्वीकार गरेपछि अभिनेत्री शिल्पा शिन्दे विवादमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण