मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

सोमबार बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले  विश्वासको मत लिने

आइतबार, १८ चैत २०८०, १९ : ०८
आइतबार, १८ चैत २०८०

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार विश्वासको मत लिने भएका छन् ।  

आइतबार बसेको प्रदेशसभाको कार्यव्यवस्था समितिको बैठकले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावलाई सोमबार संसदमा छलफल गराउने निर्णयसहित कार्यसूची तय गरेको हो ।

प्रदेशसभाका सचिव कृष्णहरी खड्काका अनुसार कार्यव्यवस्था परामर्शको बैठकले मुख्यमन्त्री जम्कट्टेलले चैत १९ गते सोमबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची तय भएको छ । बैठकले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावलाई छलफल गरी निर्णायार्थ प्रस्तुत गर्ने कार्यसूची तयार गरेको उनले बताए । प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि दलका सांसदहरूले धारणा राख्ने उनले बताए ।

कार्य व्यवस्था समितिको बैठकमा प्रदेशसभाका संसदीय समितिको सभापतिको विषयमा पनि छलफल भएको छ । बैठकमा समितिको सभापति चयन सहमतिमा गर्ने गरी छलफल भएको नेकपा माओवादी केन्द्रका मुख्य सचेतक रत्न ढकालले जानकारी दिए । छिट्टै नै समितिको सभापति चयन गर्ने र ५ समितिको सभापतिको एक÷एक वटा दलले लिने गरी छलफल भएको उनले बताए ।

मुख्यमन्त्री जम्कट्टेलको प्रस्तावमा प्रदेशसभाका २ दल (हाम्रो नेपाली पार्टी र नेमकीपा) बाहेक अन्य ५ दलले एक÷एक वटा समितिको सभापति लिने गरी छलफल भएको उनले बताए । उक्त प्रस्तावमा ठोस सहमति भने हुन नसकेको उनले बताए । बैठकमा कांग्रेसले २ वटा संसदीय समितिको सभापतिमा दाबी गरेको थियो भने एमालेले पनि २ वटा माग गरेको थियो । सहमति बनेको खण्डमा आफू एउटा समितिको सभापति लिन तयार भएको एमालेले बताएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप