‘डम्बरे’को छायाङ्कन सुरु, शीर्ष भूमिकामा अर्जुन
काठमाडौँ । निर्देशक उदय सुब्बाको निर्देशन रहने फिल्म ‘डम्बरे’को छायाङ्कन सुरु भएको छ । शनिबारदेखि झापाबाट सुरु फिल्मको छायाङ्कन सुरु भएको हो । निर्देशक सुब्बाले फिल्मको छायाङ्कन गुपचुप रूपमा सुरु गरेका हुन् । निर्माण पुरा भएपछि मात्र फिल्मको विषयमा हल्ला गर्ने उद्देश्यले फिल्मको छायाङ्कन गुपचुप सुरु गरेको निर्देशक सुब्बाले बताए ।
इन्द्र लिम्बुको निर्माण रहेको फिल्मको कथा युवाहरूमा बेरोजगारीले निम्त्याएको विभिन्न समस्या बनाइएको छ । फिल्ममा अर्जुन गुरुङ, चन्दा दाहाल, जीवन लिम्बु, विजय लिम्बु, धिरज परेवा, विजय राई, राजेन्द्र दाहाल अलवा निर्देशक सुब्बाको पनि मुख्य भूमिका रहनेछ ।
एसएस इन्टरनेशनल फिल्मस् प्रालीको ब्यानरमा निर्माण हुन लागेको फिल्मको छायांकार बिक्रम डिसी हुन् । विकास चौधरीको सङ्गीत, विजय लिम्बुको द्वन्द्व रहेको फिल्म झापा र इलामका विभिन्न स्थानमा छायाङ्कन हुनेछ ।
फिल्मको छायाङ्कन सेडुल एक महिनाको रहेको छ । फिल्ममा ‘डम्बरे’को शीर्ष भूमिकामा अर्जुन गुरुङ देखिछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय गौरवका आयोजनामा ढिलासुस्ती र बजेट छर्ने प्रवृत्तिप्रति सांसदहरूको आपत्ति, योजना आयोगको पुनर्संरचना माग
-
राजधानीका तीन सञ्चार गृहका गेटमा शंकास्पद सवारी साधन पार्किङ भेटिएसँगै प्रहरीद्वारा अनुसन्धान सुरु
-
नेपाली कांग्रेसभित्र असन्तुष्टि किन ?
-
ठुला आयोजनाले उत्पादन र रोजगारी बढाउन सकेनन् : सांसद तामाङ
-
पुँजीगत खर्च बढाउने रणनीतिक बनाउँदैछौँ : प्रवक्ता लम्साल
-
संस्कृतिविद् डा. आनाले वाचन गरिन् रामायणको श्लोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण