बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

‘डम्बरे’को छायाङ्कन सुरु, शीर्ष भूमिकामा अर्जुन

आइतबार, १८ चैत २०८०, २० : ५६
आइतबार, १८ चैत २०८०

काठमाडौँ । निर्देशक उदय सुब्बाको निर्देशन रहने फिल्म ‘डम्बरे’को छायाङ्कन सुरु भएको छ । शनिबारदेखि झापाबाट सुरु फिल्मको छायाङ्कन सुरु भएको हो । निर्देशक सुब्बाले फिल्मको छायाङ्कन गुपचुप रूपमा सुरु गरेका हुन् । निर्माण पुरा भएपछि मात्र फिल्मको विषयमा हल्ला गर्ने उद्देश्यले फिल्मको छायाङ्कन गुपचुप सुरु गरेको निर्देशक सुब्बाले बताए ।

इन्द्र लिम्बुको निर्माण रहेको फिल्मको कथा युवाहरूमा बेरोजगारीले निम्त्याएको विभिन्न समस्या बनाइएको छ ।  फिल्ममा अर्जुन गुरुङ, चन्दा दाहाल, जीवन लिम्बु, विजय लिम्बु, धिरज परेवा, विजय राई, राजेन्द्र दाहाल अलवा निर्देशक सुब्बाको पनि मुख्य भूमिका रहनेछ ।

एसएस इन्टरनेशनल फिल्मस् प्रालीको ब्यानरमा निर्माण हुन लागेको फिल्मको छायांकार बिक्रम डिसी हुन् । विकास चौधरीको सङ्गीत, विजय लिम्बुको द्वन्द्व रहेको फिल्म झापा र इलामका विभिन्न स्थानमा छायाङ्कन हुनेछ ।

फिल्मको छायाङ्कन सेडुल एक महिनाको रहेको छ । फिल्ममा ‘डम्बरे’को शीर्ष भूमिकामा अर्जुन गुरुङ देखिछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप