मध्यपश्चिम विश्वविद्यालयका प्राध्यापकहरूको वृत्ति विकासमा ध्यान दिन माग
मुगु । मध्यपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त देशभरिका विभिन्न जिल्लाका क्याम्पसहरूमा कार्यरत प्राध्यापकहरूले आफूहरूको वृत्ति विकासमा विश्वविद्यालयले ध्यान नदिएको गुनासो गरेका छन् । विश्वविद्यालयको आठौँ सिनेटले पारित गरेको नियमावली पूर्ण कार्यान्वयनमा नल्याएको भन्दै उनीहरूले आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
रारा क्याम्पस प्राध्यापक सङ्घ मुगुका सभापति हिरा बोहराले विज्ञप्ति जारी गर्दै सो नियमावलीअनुसार मातहतमा कार्यरत आंशिक तथा करार प्राध्यापकहरूको वृत्ति विकासका लागि आन्तरिक प्रतिस्पर्धा गराई स्थायी गर्नुपर्ने माग गरेका छन् । ‘दुर्गम पिछडिएका जिल्लाहरूमा कार्यरत प्राध्यापकहरूलाई राज्यले दिएको दुर्गम भत्ता दिने प्रावधान भए पनि लामो समयसम्म आंशिक तथा करारमा कार्यरत प्राध्यापकहरूलाई यी सुविधा दिइएको छैन,’ विज्ञप्तिमामार्फत उनले भनेका छन् ।
आफूहरूले उठाएका मागहरू पूरा नभए आन्दोलनमा उत्रिन बाध्य हुने विज्ञप्तिमार्फत चेतावनी दिइएको छ । मध्यपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त देशभर १० वटा क्याम्पसहरू रहेका छन् । आइतबार भने मुगुस्थित रारा बहुमुखी क्याम्पस र बाँकेस्थित बागेश्वरी बहुमुखी क्याम्पसमा गठित प्राध्यापक सङ्घहरूले विज्ञप्तिमार्फत प्राध्यापकहरूले उठाएका माग पूरा गर्न माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण