बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मध्यपश्चिम विश्वविद्यालयका प्राध्यापकहरूको वृत्ति विकासमा ध्यान दिन माग

सोमबार, १९ चैत २०८०, ०८ : १७
सोमबार, १९ चैत २०८०

मुगु । मध्यपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त देशभरिका विभिन्न जिल्लाका क्याम्पसहरूमा कार्यरत प्राध्यापकहरूले आफूहरूको वृत्ति विकासमा विश्वविद्यालयले ध्यान नदिएको गुनासो गरेका छन् । विश्वविद्यालयको आठौँ सिनेटले पारित गरेको नियमावली पूर्ण कार्यान्वयनमा नल्याएको भन्दै उनीहरूले आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । 

रारा क्याम्पस प्राध्यापक सङ्घ मुगुका सभापति हिरा बोहराले विज्ञप्ति जारी गर्दै सो नियमावलीअनुसार मातहतमा कार्यरत आंशिक तथा करार प्राध्यापकहरूको वृत्ति विकासका लागि आन्तरिक प्रतिस्पर्धा गराई स्थायी गर्नुपर्ने माग गरेका छन् । ‘दुर्गम पिछडिएका जिल्लाहरूमा कार्यरत प्राध्यापकहरूलाई राज्यले दिएको दुर्गम भत्ता दिने प्रावधान भए पनि लामो समयसम्म आंशिक तथा करारमा कार्यरत प्राध्यापकहरूलाई यी सुविधा दिइएको छैन,’ विज्ञप्तिमामार्फत उनले भनेका छन् । 

आफूहरूले उठाएका मागहरू पूरा नभए आन्दोलनमा उत्रिन बाध्य हुने विज्ञप्तिमार्फत चेतावनी दिइएको छ । मध्यपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त देशभर १० वटा क्याम्पसहरू रहेका छन् । आइतबार भने मुगुस्थित रारा बहुमुखी क्याम्पस र बाँकेस्थित बागेश्वरी बहुमुखी क्याम्पसमा गठित प्राध्यापक सङ्घहरूले विज्ञप्तिमार्फत प्राध्यापकहरूले उठाएका माग पूरा गर्न माग गरेका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप