शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले बारा जिल्ला अधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्दै

सोमबार, १९ चैत २०८०, ०९ : १६
सोमबार, १९ चैत २०८०

बारा । नेकपा एमाले बाराको ११ औँ जिल्ला अधिवेशन आजदेखि सुरु हुने भएको छ । जिल्ला सदरमुकाम कलैयामा हुने अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली अहिले बारा आउँदैछन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीको प्रमुख आतिथ्यमा हुने उद्घाटन समारोहको तयारी पूरा भएको एमाले बाराले जनाएको छ । अधिवेशनको उद्घाटन समारोहलाई भव्य बनाउन वडा, नगर तहबाट उत्साहजनक सहभागिता गराउने गरी तयारी भइरहेको एमाले पोलिटब्युरो सदस्य एवम् बारा क्षेत्र नं. १ का सांसद अच्युत मैनालीले जानकारी दिए । 

आजदेखि सुरु हुने अधिवेशनको विषयमा जानकारी दिन आइतबार पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । एमालेको अधिवेशन बारा जिल्लाको विकाससँग समेत जोडिएको भन्दै सङ्घीय सांसद मैनालीले उत्साहजनक उपस्थितिकाबिच उद्घाटन समारोह सुरु हुने बताए ।

जिल्ला अध्यक्ष विनोद साहको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साह, एमाले नेता सुबोध प्याकुरेल, केन्द्रीय सदस्य बलवीर चौधरी, प्रदेश अध्यक्ष चन्देश्वर मण्डललगायत उपस्थित थिए ।

अधिवेशनको बन्दसत्रले नयाँ नेतृत्व चयन गर्नेछ । बन्दसत्रमा सहभागी हुन करिब आठ सय प्रतिनिधि चयन भइसकेको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप