टर्कीको स्थानीय निर्वाचनमा राष्ट्रपति एर्दाेआनलाई झट्का
इस्तानबुल । टर्कीको स्थानीय निर्वाचनमा विपक्षी दलले जित हात पारेको छ । यसलाई राष्ट्रपति रेसेप तैय्यप एर्दाेआनका लागि ठुलो राजनीतिक धक्काका रूपमा हेरिएको छ । तेस्रो पटक राष्ट्रपति चुनाव जितेको एक वर्षभन्दा कम समयमै उनको पार्टी स्थानीय निर्वाचनमा पराजय हुनुले राजनीतिक विश्लेषकहरू आश्चर्यमा परेका छन् ।
राष्ट्रपति चुनाव जिते पछि शहरका राजनीतिक नेतृत्वमा आफ्नो प्रभुत्व कायम हुनेमा एर्दाेआन विश्वस्त थिए । तर स्थानीय निर्वाचनमा उनको पार्टीका उम्मेदवारहरूको पराजयले उनको आशामाथि तुसारापात भएको छ । इस्तानबुलमा एर्दाेआन आफैँले चुनावको प्रचार प्रसार गरेका थिए । तर त्यहाँ धर्मनिरपेक्ष विपक्षी दल सीएचपीका एकराम इमामोगोलुले चुनाव जितेका छन् ।
एर्दाेआन आफैं पनि इस्तानबुलको मेयरका रूपमा रहिसकेका छन् । यहीँबाट उनको राजनीतिक करियर उचाइमा पुगेको हो । एर्दाेआनले इस्तानबुलमा नयाँ युगको सुरुवात गर्ने वाचा गरेका थिए ।१६ करोड जनसङ्ख्या भएको यो सहरमा विपक्षी दलले चुनाव जित्यो । अंकारासहित अन्य १५ सहरको मेयरको चुनाव विपक्षी दलले जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण