टर्कीको स्थानीय निर्वाचनमा राष्ट्रपति एर्दाेआनलाई झट्का

इस्तानबुल । टर्कीको स्थानीय निर्वाचनमा विपक्षी दलले जित हात पारेको छ । यसलाई राष्ट्रपति रेसेप तैय्यप एर्दाेआनका लागि ठुलो राजनीतिक धक्काका रूपमा हेरिएको छ । तेस्रो पटक राष्ट्रपति चुनाव जितेको एक वर्षभन्दा कम समयमै उनको पार्टी स्थानीय निर्वाचनमा पराजय हुनुले राजनीतिक विश्लेषकहरू आश्चर्यमा परेका छन् ।
राष्ट्रपति चुनाव जिते पछि शहरका राजनीतिक नेतृत्वमा आफ्नो प्रभुत्व कायम हुनेमा एर्दाेआन विश्वस्त थिए । तर स्थानीय निर्वाचनमा उनको पार्टीका उम्मेदवारहरूको पराजयले उनको आशामाथि तुसारापात भएको छ । इस्तानबुलमा एर्दाेआन आफैँले चुनावको प्रचार प्रसार गरेका थिए । तर त्यहाँ धर्मनिरपेक्ष विपक्षी दल सीएचपीका एकराम इमामोगोलुले चुनाव जितेका छन् ।
एर्दाेआन आफैं पनि इस्तानबुलको मेयरका रूपमा रहिसकेका छन् । यहीँबाट उनको राजनीतिक करियर उचाइमा पुगेको हो । एर्दाेआनले इस्तानबुलमा नयाँ युगको सुरुवात गर्ने वाचा गरेका थिए ।१६ करोड जनसङ्ख्या भएको यो सहरमा विपक्षी दलले चुनाव जित्यो । अंकारासहित अन्य १५ सहरको मेयरको चुनाव विपक्षी दलले जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उखुमा अनुदान कटौतीले मारमा किसान, चिनी उद्योग के होला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले सोधेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने
-
विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रु सकुशल
-
प्रहरी जवानमा थप ६७७ जनाका लागि भर्ना खुल्यो
-
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन
-
कर्णाली प्रदेश : ११ महिनामा पुँजीगत बजेट एक तिहाइमात्र कार्यान्वयन