गाजाको अल–शिफा अस्पतालबाट इजरायली सैनिक बाहिरिए, २१ शव फेला

गाजा । गाजा सहरको अल–शिफा अस्पतालबाट इजरायली सेना बाहिर आएको छ । प्रत्यक्षदर्शीहरूले बताएको भन्दै बीबीसीले समाचार छापेको छ ।
दुई हप्ताअघि इजरायली सैनिकहरूले अल–शिफामा छापा मारेका थिए । केही सेनाहरू अस्पताल भित्र पसेका थिए । हमासले यो अस्पताललाई आधारको रूपमा प्रयोग गरिरहेको खुफिया जानकारी आफूसँग भएको इजरायली सेनाले बताएको छ । तर बीबीसीले यी समाचारको पुष्टि गरिनसकेको बताइएको छ ।
यसैबिच, अल–शिफामा विगत दुई हप्तामा २१ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बताएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यहाँ २०० आतंकवादी मारिएको बताएका थिए । सोमबार अल–शिफाबाट इजरायली सेना फिर्ता भएपछि प्यालेस्टिनी मिडियाले हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै अस्पताल परिसर वरपर दर्जनौँ शव भेटिएको बताएको छ ।
हमासका मानिसहरू फेरि यस अस्पतालमा जम्मा भएको अल–शिफामा पहिलो पटक हमलाका क्रममा इजरायली प्रवक्ता डेनियल हगारीले भनेका थिए । हालैका हप्ताहरूमा अल–शिफा वरपर हमासका लडाकुहरू र इजरायली सेनाहरूबिच व्यापक लडाई भएको खबरहरू आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन
-
भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु
-
प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचार लेख्ने पत्रकारलाई धरौटीमा छाड्ने आदेश
-
‘एआईको प्रयोगले न्युज रुममा असर होइन, राम्रो गर्छ’
-
नौ महिनामा भएका सवारी दुर्घटनामा ७० जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारमा ओली–प्रचण्ड भेट, कांग्रेसले चार भ्रातृसंस्था भङ्ग गर्ने