गाजाको अल–शिफा अस्पतालबाट इजरायली सैनिक बाहिरिए, २१ शव फेला
गाजा । गाजा सहरको अल–शिफा अस्पतालबाट इजरायली सेना बाहिर आएको छ । प्रत्यक्षदर्शीहरूले बताएको भन्दै बीबीसीले समाचार छापेको छ ।
दुई हप्ताअघि इजरायली सैनिकहरूले अल–शिफामा छापा मारेका थिए । केही सेनाहरू अस्पताल भित्र पसेका थिए । हमासले यो अस्पताललाई आधारको रूपमा प्रयोग गरिरहेको खुफिया जानकारी आफूसँग भएको इजरायली सेनाले बताएको छ । तर बीबीसीले यी समाचारको पुष्टि गरिनसकेको बताइएको छ ।
यसैबिच, अल–शिफामा विगत दुई हप्तामा २१ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बताएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यहाँ २०० आतंकवादी मारिएको बताएका थिए । सोमबार अल–शिफाबाट इजरायली सेना फिर्ता भएपछि प्यालेस्टिनी मिडियाले हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै अस्पताल परिसर वरपर दर्जनौँ शव भेटिएको बताएको छ ।
हमासका मानिसहरू फेरि यस अस्पतालमा जम्मा भएको अल–शिफामा पहिलो पटक हमलाका क्रममा इजरायली प्रवक्ता डेनियल हगारीले भनेका थिए । हालैका हप्ताहरूमा अल–शिफा वरपर हमासका लडाकुहरू र इजरायली सेनाहरूबिच व्यापक लडाई भएको खबरहरू आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी निर्वाचनमा चमत्कार हुनेछ: महामन्त्री बुर्लाकोटी
-
बाँकेबाट ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
-
मापदण्डविपरीतका हेडलाइट र हर्न जडान गर्ने सवारीलाई कारबाही गरिने
-
सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
काठमाडौँ महानगरपालिकाको १९ औँ अधिवेशन जेठ ३१ मा
-
देउवा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण